अपडेट 
२०८० असार २६, मंगलवार २१:१३

सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लेखा अधिकृत पद्यम विनोद पोखरेललाई मंगलबार घुससहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले लेखा अधिकृत पोखरेललाई सेवाग्राहीबाट लिएको एक लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको जनाएको छ ।

पोखरेलले सडक बनाउने कार्यको अन्तिम भुक्तानी गराए वापत निर्माण व्यवसायीसँग घुस लिएको आरोप छ ।

आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जारी गरेको विज्ञप्तिमा पोखरेललाई मंगलबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उल्लेख छ । नियन्त्रणमा रहेका लेखा अधिकृत पोखरेललाई थप अनुसन्धानको लागि बर्दिवास ल्याइएको छ ।

 

Comment


Related News

Latest News

Trending News