अपडेट 
२०८० असार २७, बुधबार ०७:१५

धनुषाको विदेह नगरपालिकाको सम्पन्न नगरसभा सन्दर्भमा उच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

असार १० गते सम्पन्न नगरसभाको बारेमा ऐन अनुसार जानकारी नगराइएको भन्दै नगरपालिकाका उपमेयर आशा देवी झाले उच्च अदालत जनकपुरमा रिट दायर गरेपछि अदालतले मंगलबार अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत जनकपुरले जारी गरेको परमादेशमा भनिएको छ–‘स्थानीय सरकार सञ्चालन ऐन ०७४ को दफा १९ को देहाय ११ ले प्रदेश कानुनले सभाको बैठक सम्बन्धमा अन्यथा व्यवस्था नगरेसम्म मात्र लागु हुनेछ भन्ने कानुनी व्यवस्था रहेको देखिन्छ ।’ प्रदेश सभाबाट बनेको गाउँ सभा/नगर सभा/जिल्ला सभा कार्य संचालन कार्यविधि ऐन ०७७ को दफा ३ को उपदफा (१) र त्यसको प्रतिवन्धात्मक वाक्याश अन्तर सम्वन्धित रहेको ले यसै ऐनको उपदफा ६ बमोजिमको समय सीमा ७ दिन भित्र अगावै बैठक बस्ने सूचना दिनुपर्नेमा उक्त अवधि भित्रको सूचनासहितको कार्यसूची दिएको नदेखिएको र विदेह नगरपालिकाको प्रशासकीय अधिकृतवाट असार १० गते नगर सभाको बैठक बस्ने भनि असार ८ गते जानकारी दिएको भन्दै अन्तरिम आदेशलाई निरन्तरता दिइएको भनिएको छ ।

अन्तरिम आदेशको निरन्तरतासंगै विदेह नगरपालिकाको आगामी आर्थिक वर्षका लागि बनाइएको योजना, बजेट विनियोजन लगायतका कामहरु ठप्प भएका छन् । नेकपा एमालेबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका मेयर बेचन दासले नगरसभाका लागि आवश्यक प्रक्रियाहरु पूरा नगरेको अदालतको आदेशमा उल्लेख छ ।मेयर दासका भाइ लखन दास मधेश प्रदेशमा सभासद छन् ।

Comment


Related News