अपडेट 
२०८० असार २७, बुधबार १४:३२

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

मोदीले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपाली र अंग्रेजी दुवै संस्करणमा सीता दाहाल दिवंगत आत्मालाई चिर शान्ति मिलोस् भन्ने प्रार्थनागर्दै शोक सन्तप्त प्रचण्डसहित परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । 

उनले भनेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । @cmprachanda प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’

सीता दाहालको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

Comment


Related News

Latest News

Trending News