अपडेट 
२०८० असार २८, बिहीबार ०८:२२

देशका धेरै ठाउँमा गएरातिदेखि पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

आज, भोलि र पर्सि तीन दिनसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने केही ठाउँमा ठूलो वर्षाको अनुमान छ ।

कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने उहाँले बताउनुभयो । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने उहाँको भनाइ छ । यस्तै, तराईका जिल्लामा वर्षासँगै हावाहुरी चल्ने अनुमान छ ।

पानी पर्ने सम्भावना भएकाले बाढी पहिरोको जोखिम रहेकाले भिरालो जमिन र नदी आसपासका क्षेत्रमा बस्नेलाई विशेष सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

Comment


Related News

Latest News

Trending News