अपडेट 
२०८० असार २८, बिहीबार १४:५४

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सानोभर्‍याङबाट थप एक जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए। काठमाडौं महानगरपालिका-३० घर भई नयाँबजार खुशिबु बस्ने ५९ वर्षीय केशव तुलाधर पक्राउ परेका हुन्।  तुलाधरमाथि कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको एसपी रेग्मीले बताए।

प्रहरीका अनुसार भुटानी शरणार्थी प्रकरणमा उनको बैंक खाता प्रयोग भएको थियो। उनीसहित ३० जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता छ। अदालतले १८ जनामध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। जसमध्ये दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले टंक गुरूङलाई १० लाख र लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो।

अदालतको आदेशपछि पक्राउ पर्नेमा तुलाधर दोस्रो व्यक्ति हुन्। यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंले गत असार ११मा आशिष बुढाथोकीलाई पक्राउ गरेको थियो।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व सभासद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ,  भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र हरिभक्त महर्जन थुनामा छन्।

उनीहरूबाहेक १० जना अझै फरार छन‍्। प्रहरीले उनीहरूको पनि खोजी गरिरहेको जनाएको छ।

Comment


Related News

Latest News

Trending News