अपडेट 
२०८० असार २९, शुक्रबार ०७:३१

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)मा प्रमुख सचेतकको विषयमा आन्तरिक विवाद चुलिएको छ ।

दलको प्रमुख सचेतक रहेकी रानी शर्मालाई औपचारिक रुपमा असार महिनाको तेस्रो हप्तामा पत्र दिएको बताइएको छ । तर उनी माघ महिनादेखि नै प्रमुख सचेतकको सेवा, सुविधा लिइरहेकी छन् । लोसपा संसदीय दलका नेता अभिराम शर्माले माघ महिनादेखि नै लागु हुने गरी उनलाई दलको प्रमुख सचेतक घोषणा गरिएको बताएका छन् । ‘प्रमुख सचेतक चयन गर्ने सम्पूर्ण अधिकार दलका नेतालाई हुन्छ’ उनले भने, रानी शर्मालाई माघ महिनादेखि नै दलको नेता घोषणा गरिएकाले उनले पाएको सेवा, सुविधा अनुचित छैन् ।

तर लोसपा मधेश प्रदेशका अध्यक्ष समेत रहेका पूर्व मन्त्री जितेन्द्र सोनलले दलकी प्रमुख सचेतक रानी शर्मा भएकी हप्तादिन पूर्व मात्र थाहा पाएको बताए । सभासद रहेका सोनलले प्रमुख सचेतकको जिम्मेवारी दलका नेताले दिने विषय रहेपनि आफूले हप्ता दिन पूर्व मात्र थाहा पाएको जनाए । रानी शर्मा लोसपाको कोटाबाट मन्त्री बन्न लविंग गरेकी थिइन् । तर पार्टीले रमेश पटेललाई मन्त्रीको सिफारिस गरेपछि उनी औपचारिक रुपमा प्रमुख सचेतक बनेकी छन् । प्रदेश सभाको दोस्रो कार्यकालमा पनि सभासद रहेकी शर्मा भने संसदीय विकास कोष र मन्त्रालयको योजनाहरुमा अनियमितता गर्ने विवादमा पर्दै आएकी छन् । उनले चलाउने योजनामा व्यापक आर्थिक अनियमितता हुने गरेको आरोप लागेपनि कारबाहीमा भने परेकी छैनन् । प्रदेश सभामा प्रमुख सचेतकलाई राज्यमन्त्री सरहको सेवा, सुविधा दिने व्यवस्था छ । मन्त्री हुन नपाएपछि उनलाई दलका नेता अभिराम शर्माले प्रमुख सचेतक बनाएर सेवा सुविधा उपलब्ध गराएका छन् ।

Comment


Related News

Latest News

Trending News