अपडेट 
२०८० असार २९, शुक्रबार १२:२८

रौतहटमा धारिलो हतियार प्रयोग गरी एक पुरूषको हत्या भएको छ ।

देवाहीगोनाही नगरपालिका–६ कर्कच कर्मैया बस्ने ब्रह्मदेव साह कानुको छोरा ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियार प्रयोग गरेर हत्या भएको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रयोग गरेर हत्या भएको अवस्थामा शुक्रबार बिहान घरमा जगरनाथको शव फेला परेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिए ।

साहको हत्या कसले र किन गर्‍यो भन्ने खुलिनसकेको र यसबारे अनुसन्धान थालिएको निरीक्षक साहले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News