अपडेट 
२०८० असार २९, शुक्रबार १५:४३

काठमाण्डाैबाट भद्रपुरका लागि उडेको बुद्ध एअरको जहाजमा समस्या देखिएपछि पुनः काठमाण्डाै त्रिभुवन विमानस्थलमै फर्किएर ल्याण्ड भएको छ ।

६६ जना यात्रु लिएर भद्रपुरका लागि दिउँसो १ बजेर ५३ मिनेटमा उडेको (नाईन एन–एजेओ) जहाजको इन्डिकेशनमा समस्या देखिएपछि फर्काइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो।

विमान दुई बजेर १० मिनेटमा फर्किएको हो ।

Comment


Related News

Latest News

Trending News