अपडेट 
२०८० असार ३०, शनिबार ०७:५३

मालपोत कार्यालय धनुषाका तत्कालीन निमित्त प्रमुख (मालपोत अधिकृत) सुनिलकुमार झा भ्रष्टाचारी ठहर भएका छन् ।

विशेष अदालतले भ्रष्टाचार मुद्दामा झालाई दोषी ठहर गरेको छ । उनी पाँच लाख रुपैयाँ घुसहित पक्राउ परेका थिए । सेवाग्राहीलाई घुसका लागि घर नजिकैको भानु चोकमा बोलाएर रकम लिइरहेको अवस्थामा अख्तियारको टोलीले रकमसहित नियन्त्रणमा लिएको थियो । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको इजलासले झालाई शुक्रबार दोषी ठहर गरेको छ । उनको सजाय निर्धारण हुन भने बाँकी रहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख घुसहित पक्राउ गरेपछि २०७९ वैशाख १६ गते उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भन्दै सेवाग्राहीसँग ५ लाख घुस लिएको अख्तियारले प्रमाणसहित मुद्दा दर्ता गरेको थियो । झा निमित्त प्रमुख रहेको बेला मालपोत कार्यालय धनुषामा घुस लिने क्रम निकै बढेको थियो । घुसका लागि मध्यरातिसम्म मालपोत कार्यालय धनुषामा जग्गाको अवैध कारोबार हुने गरेको थियो ।

Comment


Related News

Latest News

Trending News