अपडेट 
२०८० असार ३०, शनिबार ०८:२४

नवोदित कानुन व्यवसायीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शुक्रवार देखि तीन दिने तालिम शुरु भएको छ ।

नेपाल कानुन व्यवसायी परिषद् मधेश प्रदेशद्वारा आयोजित तीन दिने तालिममा तीन दर्जनभन्दा अधिक नवोदित कानुन व्यवसायीको सहभागिता रहेको छ । सो अवसरमा उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश भोजराज अधिकारीले कानुन व्यवसायीले लिखत असाध्यै ध्यानपूर्वक गर्नु पर्ने खाँचौं औंल्याएका छन् । लिखत तथ्यपरक, खुलस्त हुनु जरुरी रहको भन्दै उनले ज्ञान र विषयको संयोजन भएमा न्यायका मार्गलाई सही गन्तव्यमा पु¥याउनमा सहायक सिद्ध हुन सक्ने धारणा राखे । न्यायाधीश अधिकारीले लामो बहस भन्दा पनि मिसिलमा आधारित बुँदागत बहस पीडितलाई न्याय दिलाउनमा प्रभावकारी हुने गरेको प्रसंग उल्लेख गरे ।

वरिष्ठ अधिवक्ता एवम् पाषैद श्यामकुमार मिश्रले परिषद्ले नवोदित कानुन व्यवसायीको आत्मवल, विश्वास, ज्ञान अभिवृद्धिका साथै व्यवसायलार्इृ सुनिश्चित गर्न तालिमको आयोजना गरिएको जानकारी दिए । नवादित कानुन व्यवसायीमा बहस सन्दर्भमा हुने गरेको समस्याको निरुपण, कानुनी व्यवस्था बारे दक्षताको खाँचौंलाई ध्यानमा राख्दै परिषद्ले तालिमको आयोजना गरेको स्पष्ट गरे । वरिष्ठ अधिवक्ता विनोदकुमार शर्माले नवोदित व्यवसायीलाई सैद्धान्तिकका साथ व्यवहारिक शिक्षाको अपरिहार्यतालाई दृष्टिगत गरी क्षमता अभिवृद्धि तालिम समय सापैक्ष भएको चर्चा गरे ।

बार एसोसिएशन जनकपुरका अध्यक्ष बलराम सुवेदीले नवोदितले लरतरो किसिमले व्यवसाय गर्ने मानसिकतालाई त्याग गर्दे कानुनमा विश्वास राखी समाज, जनता र राष्ट्रका लागि पेशाप्रति प्रतिबद्ध हुनु आवश्यक भएको बताए । बार एसोसिएशन महोत्तरीका दीपक विश्वकर्माले पैशागत चुनौतीलाई हटाउनमा तालिमले सघाउ पु¥याउने विश्वास व्यक्त गरे । तालिममा वरिष्ठ अधिवक्ता चन्दनकुमार मैनालीले मुलकी देवानीसंहिता, फौजदारी सहिंता, अधिवक्ता रामनेक साहले देवानी मस्यौदा सम्बन्धी, वरिष्ठ अधिवक्ता देवेन्द्र ठाकुर निरालाले देवानी मुद्दामा हक म्याद र क्षेत्रधिकार र वरिष्ठ अधिवक्ता किशोरी साहले लेनदेन र अंश वण्डा विषयमा कानुनी जानकारी दिने बताइएको छ ।

त्यस्तै, वरिष्ठ अधिवक्ता लक्ष्मण सिंहले फौजदारी मुद्दा मस्यौदा सम्बन्धी, अधिवक्ता सुदीप कोइरालाले फौजदारी मुद्दामा कानुनी व्यवस्था तथा बहस प्रस्तुतीकरण बारे र अधिवक्ता विपिन कुमार झाले फौजदारी मुद्दा बहस गर्ने कला सम्बन्धी जानकारी अदानप्रदान गर्ने तालिका रहेको छ ।

त्यस्तै,अधिवक्ता अनिल कुमार सादाले फौजदारी मुद्दा हक दाबी, हद म्याद र क्षेत्राधिकार सम्बन्धी, अधिवक्ता विमलकुमार मिश्रले कानुन व्यवसायीको आचारसंहिता सम्बन्धी जानकारी र अधिवक्ता हेम बहादुर कार्कीले वर्तमान ज्यान सम्बन्धी कसूरमा भएको विशेष व्यवस्था सम्बन्धी जानकारी दिनेछन् । अधिवक्ता विजय प्रताप सिंहले नेपालको संविधान,वरिष्ठ अधिवक्ता चन्द्र कुमार शर्मा मैनालीले रिट र वरिष्ठ अधिवक्ता श्याम कुमार मिश्रले कुटपिट अंगभंग, ज्यान मार्ने उद्योग सम्बन्धमा विश्लेषनात्मक प्रशिक्षण दिने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News