अपडेट 
२०८० असार ३०, शनिबार ०८:३०

बाराको निजगढ नगरपालिका –९ का मनिला गौतम ( निलु ) ले सहकारी संस्था र व्यक्तिको गरी करौडौ रुपैया ठगी गरेर फरार भएकी छन् ।

सहकारी संस्थाको माध्यमबाट विभिन्न समयमा सेयर सदस्यको रुपमा ऋण लिइ सोको साबा व्याज नतिरी सम्पर्कविहीन भएको जनाइएको छ । हिमचुली साना किसान कृषि सहकारी संस्था, समाधान बचत तथा ऋण सहकारी संस्था, अन्नपुर्ण बहुउदेश्यी सहकारी संस्थालगायत १६ वटा संस्थाबाट ४७ लाख ५० हजार र ३२ जना विभिन्न व्यक्तिहरुबाट ४ करोड ६ लाख ६५ हजार गरी जम्मा ४ करोड ५४ लाख १५ हजार ठगी गरी गौतम फरार भएकी निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमार्गी निरौलाले जानकारी दिए ।

संस्था र व्यक्तिहरुले गौतमको विरोधमा ठगी गरेको उजुरी न्यायायिक समितिमा दर्ता गराएकोमा यस कार्यालयबाट सत्यतथ्य बुभ्mदा गौतमले सो रुपैया ठगी गरी हाल फरार रहेकी भनेर प्रमाणित पत्र जिल्ला प्रहरी कार्यालयको नाममा जानकारी गराएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने । पटक पटक ती महिलालाई बोलाउनका लागि फोन गर्दासमेत फोन नलागेपछि प्रहरीलाई जानकारी गराएको नगरपालिकाको कार्यालयले जनाएको छ । असार २६ गते संस्था र व्यक्तिहरुले अलग अलग मनिलाको नाममा ठगी गरेको उजुरी दिदा सो उजुरीमा छानबिन गर्दै जाँदा उनी ०७९ फागुन २५ गते यूएइ गएको जानकारी आएको हँुदा उनी माथि कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरीको नाममा नगरपालिकाले पत्राचार गरेको छ ।

सरकारले मिटर व्याजीहरुको समस्या समाधान गर्नका लागि आयोगमार्फत देश भरिका जिल्ला प्रशासन कार्यालयहरुमा उजुरी लिइ समस्या समाधान गर्ने गरेको भए पनि त्यसता ठगीका मुद्दाहरुलाई पनि प्राथमिकतामा राखेर समाधान गर्नुपर्ने पीडित कल्पना खरेलको कथन छ । सारो गाह्रो हुँदा दुःख पर्दा सहकारीमा जम्मा गरेको पैसा एक मुष्ट निकालेर कुनै प्रगतिका काम गर्ने सपना बोकेर रकम जम्मा गर्दे गरेका थिए । तर ती आइमाइले यसरी म लगायत थुप्रै जनाको पैसा लिएर फरार हुँदा मेरो सपना अधुरो रहन गएको हो अर्का पीडित नारायण शर्माको दुखेसो रहेको छ । यसैबीच पीडितहरु न्याय माग्दै शुक्रबार जिल्ला प्रहरी बारामा मनिलामाथि उजुरी दिएका छन् । उजुरी माथि छानबिन गरी दोषी देखिएकी ठगी मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले बताए ।

Comment


Related News

Latest News

Trending News