अपडेट 
२०८० असार ३०, शनिबार ०८:३२

रौतहटमा धारिलो हतियार प्रयोग गरी एक पुरूषको हत्या भएको छ ।

बिहीवार राति जिल्लाको देवाही गोनाही नगरपालिका–६ कर्कच कर्मैयाका ब्रह्मदेव साह कानुको छोरा ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरिएको प्रहरीले जनाएको छ । राति घरमा सुतिरहेका बेला अज्ञात व्यक्तिले साहको घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको प्रहरीले कथन छ । घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अवस्थामा कानुको शव शुक्रबार बिहान आफनै घरमा फेला परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

जगरनाथ साहको हत्या कसले र किन ग¥यो भन्ने बारे अझै खुलिनसकेको र घटना बारे तालिम प्राप्त कुकुरलाईसमेत प्रयोग गरी गम्भीर रुपमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । शवको प्रादेशिक अस्पताल गौरमा पोष्टमार्टम गरिएको र पोष्टमार्टमाको रिपोर्ट आएपछि मात्र घटनाको वास्तविकता पता लाग्ने प्रहरी नायव उपरीक्षक खनालले बताए । यसैबीच, जगरनाथ साह कानुको हत्यामा संलग्न रहेको आशंकामा उनकै पत्नी चन्दा देवी पक्राउ परेकी छन् । श्रीमानको हत्यामा संलग्न रहेको आशंका लागेकोले अनुसन्धानका लागि उनको श्रीमती चन्दा देवीलाई पक्राउ गरिएको र उनलाई इलाका प्रहरी कार्यालय गरुडामा राखेर ब्यान लिने काम भइरहेको डिएसपी खनालले बताए ।

Comment


Related News

Latest News

Trending News