अपडेट 
२०८० असार ३०, शनिबार १९:१४

सप्तकोशी नदीमा खसेको  मालवाहक ट्रक एकदिनपछि निकालिएको छ। शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे१ख ३००७ नम्बरको मालवाहक ट्रक शनिबार निकालिएको हो।

क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो । ट्रक निकाल्ने क्रममा केहीबेर ब्यारेज पुलमा आवागमन रोकिएको थियो।

सप्तरी र सुनसरीको सीमा छुट्याउने कोशी ब्यारेजको पुलको १० नम्बर ढोकाअगाडि ट्रक सप्तकोशी नदीमा खसेको थियो। ट्रकमा सवार तीनजना लाई सकुशल उद्धार गरिएको थियो।

Comment


Related News

Latest News

Trending News