अपडेट 
२०८० असार ३१, आईतवार ०७:४५

केहि दिनअघि फ्रान्समा लगातार दस दिनसम्म उग्र प्रदर्शनको क्रममा लुटपाट, आगजनी र तोडफोड हुँदा अवस्था भयावह बनेको थियो । अल्जीरियाई मूलका फ्रान्सीसी एक किशोरको ट्राफिक प्रहरीको गोली प्रहारबाट मृत्युपछि अरब मूलका वासिन्दाहरु आक्रोसित भएपछि सो अवस्था उत्पन्न भएको थियो । फ्रान्समा यस्ता घटना कुनै पहिलोपटक भएको होइन् । चार दसकको अवधिमा अनेकौंपटक उग्र प्रदर्शन भएको छ र व्यापक रुपमा क्षति पनि भएको छ ।

विगतका घटनाहरुमध्ये सन् २००५मा दुई सातासम्म उग्र प्रदर्शन जारी थियो । हालै घटित हिंसात्मक प्रदर्शन तुलनात्मक रुपमा सवैभन्दा विकराल र डरलाग्दो अवस्थामा पुगेको थियो र अन्तर्राष्ट्रिय जगतलाई आफ्नोतर्फ तान्नमा सफल भएको थियो । फ्रान्समा पटक पटक प्रहरीको दमनकारी नीति र त्यसको प्रतिवादमा उठ्ने गरेको अरब मूलका फ्रान्सीसी नागरिकको उग्र प्रर्दशनले आउँदो दिनमा सामाजिक सद्भाव विथोल्ने खतरा देखिन थालिएको छ भन्ने प्रश्न उठ्न थालेको छ । यस्तो भयो भने त्यसको प्रभाव युरोपमा व्यापक रुपमा पर्नेछ । केही दिनअघिको घटनामा प्रहरीले ज्यादति गरेको देखिन्छ । तर, विरोधको नाममा जुन किसिमले आगजनी, लुटपाटजस्ता घटना भयो । त्यसले गर्दा असुरक्षाको भावना सर्वसाधारण महशुस गरिरहेको छ । आउँदो दिनमा युरोपमा जातीय सङ्घर्षतर्फ उन्मुख हुन नदिनका लागि अन्य समुदायको मानिसमा विश्वासको भावना जागृत गर्नुपर्छ ।

ट्राफिक प्रहरीले मोटरसाइकल गुडाइरहेको १७ बर्षीय नाहेल हुममाथि गोली प्रहार गर्दा उनको मृत्यु भएको थियो । उनले प्रहरीले रुक्न दिएको निर्देशलाई अवहेलना गरेको कारणले उनीमाथि गोली चलाइको भनिएको छ । मोटरसाइकल नरोकेको सामान्य गल्तिमा गोली चलाउनु भनेको प्रहरीले दमनको पराकाष्ठा नाघेको बुझिन्छ । अर्कोतर्फ, नाहेलको मृत्युको खवरबाट आक्रोसित हुँदै फ्रान्सका विभिन्न शहरमा अरब मूलका मानिसहरुले सडकमा उत्रेर विरोध प्रकट ग¥यो । हेर्दाहेर्दे, त्यो विरोध हिंसात्मक गतिविधि र लुटपाटमा परिणत भयो । फ्रान्सका अनेकौं शहरमा प्रदर्शनकारीहरुले सयौं गाडीहरु जलाइ दियो । प्रदर्शन दिनप्रतिदिन उग्र बन्दै ठाउँ ठाउँमा पसल र माँलहरुमा लुटपाटका साथै तोडफोड व्यापक रुपमा भयो । प्रदर्शनकारीले पुलिस स्टेशनका साथै एतिहासिक पुस्तकालयमा पनि आगजनी ग¥यो । फ्रान्सको अवस्था दिनप्रतिदिन विकराल बन्दै गएपछि स्थितिलाई सामान्य बनाउनका लागि ४५ हजार प्रहरीलाई खटाउनु प¥यो । प्रहरीले व्यापक रुपमा धडपकड साथै कडाइ गरेपछि विस्तारै विस्तारै अवस्था सामान्य बन्यो । तीन हजार प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फ्रान्सको उक्त घटनाको विरोधमा युरोपका अन्य मुलुकमा पनि प्रदर्शन भयो । अन्य, मुलुकमा विरोध सामान्य रह्यो । सन् २००५ मा फ्रान्सको राजधानी पेरिसमा अक्टूबर र नोभेम्बर महिनामा श्रृख्लाबद्ध ढङ्गले हिंसात्मक प्रदर्शन भएको थियो ।

त्यो प्रदर्शनमा दर्जनो गाडी र सरकारी एवम् विद्यालय भवनमा आगजनी गरी ध्वस्त पारिएको थियो । पेरिसको उपनगर क्लीशे–सोउ– बोईबाट प्रारम्भ भएको र फ्रान्सभर यसको प्रभाव परेको थियो । उग्रविरोधको मुख्य कारण प्रहरीको भ्यानमा ठक्कर खाएर दुई युवकको मृत्यु भएको खवरको विरोधमा सो घटना निम्त्एिको थियो । तीन सातासम्म फ्रान्सको अवस्था असमान्य बनेको थियो । सन् २००५को घटनाको अघि र पछि पनि पटक पटक प्रहरीको ज्यादतिको विरोधमा उग्र प्रदर्शन भएको थियो । यसो हेर्दा, सन् १९७९मा उत्तरी अफ्रिकी मूलका एक युवालाई पक्राउ गरिएपछि वौंल्कस–एन–वेलिनको ल्योन उपनगरमा दङ्गा भड्किएको थियो । फ्रान्सको यो पहिलो दङ्गाको रुपमा अङ्कीत छ । सन् १९९१को मार्चमा एक सुपर मार्केटका सुरक्षा गार्डद्वारा एक अरब मूलका युवकको गोली प्रहार गरी हत्या गरेको थियो सो घटनाको विरोधमा एक डिपार्टमेंट स्टोर र कारमा आगजनी गरिएको थियो ।

सोही बर्ष जून महिनामा प्रहरीले युसुफ खैफमाथि गोली प्रहार गरेको थियो । त्यसपछि, मंटेश–ला–जोलीमा हिंसात्मक झडप भएको थियो । सन् १९९२मा ल्योन के वाउल्क्स–एन–वेलिनमा उग्र भिडले प्रहरी स्टेशनमा आगो लगाएको थियो । प्रहरीले १८ बर्षीय मोहम्मद बहरीको गोली प्रहार गरी हत्या गरेको विरोधमा सो घटना भएको थियो । सन् १९९५मा बम विष्फोटको योजना बनाउनेमध्येका एक अल्जीरियाई आतङ्कवादी खालिद केलकलको हत्याको विरोधमा पेरिस र ल्योनमा दङ्गा फैलिएको थियो । सन् १९९७मा पेरिसको दक्षिण– पूर्वस्थित डेमरी–लेस–लिसको दङ्गा भड्कियो । कारण, प्रहरीको गोली प्रहारबाट १६ बर्षीय अब्देलकाधर बाउजियानको मृत्यु भएको थियो । सन् १९९८मा १७ बर्षीय हबीब मुहम्मदले कार चोरी गर्दा प्रहरीले गोली प्रहार गरेको थियो । दुई दिनसम्म टूलुज शहर तनावग्रस्त रह्यो ।

सन् २००७मा पेरिसको उत्तरमा वैल– डी–ओइसमा दुई दिनसम्म दङ्गा फैलिएको थियो । कारण, मोटरसाइकल र प्रहरी गाडीबीच ठक्कर हुँदा दुई किशोरको मृत्यु भएको थियो । सन् २००९मा प्रहरीको हिरासतमा एक अल्जीरियाई युवक मोहम्मद बेनमोनाको मृत्युपछि पूर्वी पेरिसको उपनगर माँन्ट्रियलमा दङ्गा भएको थियो । सन् २०१३ मा प्रहरीले गाडीमा बुर्का लगाएकी महिलाको बुर्का उठाउने कोशिस गर्दा पेरिसको नजिक पास ट्रैप्समा झड्प भएको थियो । सन् २०१६ एक अश्वेत शख्स एडामा ट्रोरेको मृत्यु पछि फ्रान्सका विभिन्न शहरमा दङ्गा भएको थियो । सन् २०१७ थियो लुहाकालाई पक्राउ गरेपछि दुई सातासम्म प्रदर्शन भएको थियो ।

इस्लामिक आतङ्कीको निशानामा फ्रान्स

फ्रान्समा विगत केही बर्षदेखि इस्लामिक आतङ् कका घटना बढेको देखिन्छ । विशेषज्ञको नजरमा फ्रान्सले भारी दवावको सामना गरिरहेको छ । सन् २०२१मा फ्रान्सको नीस शहरस्थित चर्चभित्र पसेर छुरीले आक्रमण गर्दा तीन जनाको मृत्यु भएको थियो । एक बृद्धलाई घाँटी काटेर हत्या गरेका थिए । हत्या गर्ने युवक टयूनिशयाका मूल बासिन्दा थिए । ती व्यक्ति शरणार्थीको रुपमा फ्रान्स पुगेका थिए । सोभन्दा पहिले एक शिक्षकको हत्या गरिएको थियो । उनले एउटा विवादित कार्टुन विद्यार्थीहरुलाई देखाएको थियो । सन् २०१५मा इस्लामिक आतङकीहरुले चार्ली हेब्दो पत्रिकाको कार्यालयमाथि हमला गरी १२ जनाको हत्या गरेको थियो । इस्लामिक स्टेट आँफ इराकको आतङ्कीहरुले फ्रान्सको राजधानी पेरिसमा हमला गर्दा १३० जनाको मृत्यु भएको थियो भने सोभन्दा बढी सङ्ख्यामा घाइते भएका थिए ।

एक इस्लामिक स्टेटका आतङ्कीले विशाल लाँरी लिएर मानिसहरुको हुलमाथि चढाउँदा ८६ जनाको मृत्यु भएको थियो । एक दसकको अवधिमा युरोपमा सयौं व्यक्तिहरुको धर्मको नाममा हत्या भएको छ । यसको मुख्य कारणको रुपमा ठूलो सङ्ख्यामा आप्रवासी युरोप पुगेपछि सो अवस्था उत्पन्न भएको आरोप छ । युरोपमा रोजगार पाउने प्रवल चाहनाले गर्दा अनिधिकृत रुपमा मानिसहरु पस्न खोज्छन् । ति अवैध ढङ्गले भित्रिने गतिविधि नियन्त्रण हुन नसक्दा यतिखेर, फ्रान्सलगायत कतिपय राष्ट्रसमक्ष आप्रवासी चूनौंति बनेको छ । विट्रेनले प्रवासीहरुलाई अफ्रिका पठाउने योजना बनाइरहेको चर्चा छ । पोंलेण्डले शरणार्थीलाई पस्न नदिनका लागि सीमामा अत्यधिक कडाइ गरेको छ । एक महिनामा पनि वितेको छैन् । पाकिस्तानका अवैध प्रवासी चढेको एक डुङ् गा ग्रिसनजिक समुद्रमा डुब्दा आठ सय जनाको मृत्यु भएको थियो । पीउ रिसर्चको आधारमा सीरिया र अफ्गानिस्तानलगायतका देशहरुबाट युरोप पुगेका प्रवासीमध्ये ८६ प्रतिशत मुश्लिम छन् । सन् २०२१ सम्म युरोपको कुल आवादीको ५ प्रतिशत अर्थात, २ करोड ६० लाख मुश्लिम थियो ।

सवैभन्दा बढी फ्रान्समा ९ प्रतिशत, स्वीडेनमा ८ प्रतिशत, पौंलेन्ड, हङ्गेरीमा कम आप्रवासी छन् । यस्तै, आप्रवासीको आउने क्रम जारी रह्यो भने सन् २०५० सम्म युरोपमा मुश्लिम आवादी १४ प्रतिशत पुग्नेछ । तव, युरोपको अर्को पहिचान ‘युरोबिया’को रुपमा हुनेछ भनेर तर्क वितर्क भइरहेको छ । त्यसको मूल कारणको रुपमा गोरोहरुको प्रजनन दर १दशमलव ४ मात्र छ । जनसङ्ख्याको जन्मदरलाई यथावत राख्नका लागि कमसेकम २ दशमलव ६ हुनुपर्छ । गोरोहरुको जन्म दर घट्नु र मुश्लिमहरुको जन्मदर बढ्नाले सो अवस्था सृजना हुने आकलन गरिएको छ । अरब मूलका मानिसको नजरमा गौंरो बर्णका जनताको तुलनामा सरकारद्वारा आपूmहरुसँग भेदभाव गर्ने गरेको छ । उनीहरुले लगाएको आरोपमा कतै न कतै सत्यता पनि छ । मोटरसाइकल नरोक्दै गोली चलाउनेजस्ता घटनाले पुष्टि गर्छ । फ्रान्सीसी सरकारलाई पनि महशुस भएको हुनुपर्छ । तब न त्यत्रो ठूलो प्रदर्शनमा लुटपाटजस्ता घटना हुँदापनि प्रहरीले बढी संयमताका साथ स्थितिलाई नियन्त्रणमा लिन खोजेको थियो । युरोपमा यस किसिमका हिंसा अन्यत्र नफैलुन भन्ने चिन्ता देखिन्छ ।

विट्रेन को पार्टीका फस्र्ट नेता गोल्डिंगले फ्रान्सको दङ्गाको एक भिडियो शेयर गर्दै प्रदर्शनकारीले पुलिस स्टेशनमाथि राँकेटवाला ग्रेनेडले आक्रमण गरेको छ । यो गृहयुद्ध होइन भने के हो भनेर उनले प्रश्न गरेको छ । सामाजिक सञ्जालमा फ्रान्सको हिंसाको घटनाले भरिभराउ छ । प्रोफेसर थाँमस होमस– डिक्सनको नजरमा इस्लामी शरणार्थी युरोपको लागि चूनौंति बन्दै गइरहेको छ । किनकी, यिनीहरु एशियाको मध्यपूर्व र अफ्रिकाको अस्थिर प्रान्तबाट आएका हुन् । ति प्रान्तहरुका मुश्लिमहरुबीचको आपसी कलह र जनसङ्ख्याबीच भगदडको असर प्रत्यक्ष रुपमा युरोपमा परिरहेको छ । आतङ्की हमलाको पनि सामना गर्नु परिरहेको छ । विभिन्न धर्म,समुदाय, जाति र नश्लका मानिसहरु एक अर्काको आमुने सामुन्ने रहन्छ भने आपसी विवाद बढ्नु स्वभाविक हो । कुनैपनि सभ्यताको पहिचान त्यहाँको जीवन मूल्य र सिद्धान्तमाथि निर्धारित रहन्छ । यदि सोही रहेन भने सभ्यता कसरी जिवित रहन्छ । आज युरोपको समक्ष यो कठिन प्रश्न तेर्सिएको छ । संयुक्त राष्ट्र शरणार्थी (उच्चायोग युएनसिएजआर) को अनुसार विश्वमा सात करोडभन्दा बढी विस्थापित छन् । सोमध्ये अढाइ करोड शरणार्थीको रुपमा छन् । सोमध्ये सवैभन्दा बढी सिरियाका छन् । त्यसपछि, अफगानिस्तान र दक्षिणी सुडानको छ । शरणार्थीलाई शरण दिनमा जर्मन पहिलो पक्तिमा आउँछ । अफ्रीकाले सुडान र युगान्डाका अधिकांस शरणार्थीलाई शरण दिएको छ ।

अफगानी शरणार्थीहरु बढी पाकिस्तानमा प्रवेश ग¥यो । तथ्याङ्कको आधारमा टर्कीले सवैभन्दा बढी अफ्गानिस्तानका ३७ लाख शरणार्थीलाई आश्रय दिएको छ । म्यान्मारले रौंहिग्या मुशलमानलाई लखेट् यो । उनीहरु म्यान्मारको जङ्गलसँग जोडिएको समतल भुभागको मूल वासिन्दा नै हुन् । तर, जवर्जस्ती उनीहरुलाई लेखेटिएपछि १२ लाखभन्दा बढी बङ् गलादेशको शरणार्थी शिविरमा छन् । त्यसपछि, भारत र नेपालमा पनि आश्रय लिएर बसेका छन् । कतिपयले अनिधिकृत रुपमा अमेरिका र युरोपका राष्ट्रहरुमा पुगेका छन् । सयौं बर्षदेखि बसोवास गर्ने मानिसहरुलाई जातीय र धर्मको आधारमा लखेटिदा संयुक्त राष्ट्रलाई कडा कदम उठाउनुपर्ने हो । त्यस्ता मुलुकसँग कुनै किसिमका सम्बन्ध नराख्नका लागि आह्वान गर्नु हो । युरोपियन मुलुकहरुमा जन्मदर घट्दै गइरहेको अवस्थामा शरणार्थीहरु उनीको लागि आवश्यक पनि भएको देखिन्छ । युरोपियन सङ्घले बढी उदारता देखाउँदै डब्लिन रेगुलेशनको तहत एक नियम बनाएर अलग अलग राष्ट्रका शरणार्थीको सूची तयार गरी संङ्ख्या निर्धारण ग¥यो । तर, पूर्वी युरोपको हङ्गेरी र पौंलेण्डले आपत्ति प्रकट गर्दै बाहिरका मानिसको आवश्यकता नरहेको भनेर आ–आफ्ना राष्ट्रमा शरण नदिने घोषणा ग¥यो । त्यसपछि, त्यो नियम पूर्ण रुपले लागू हुन सकेन् ।

खासगरी, विट्रेन र फ्रान्सलगायतका राष्ट्रले प्रजातान्त्रिक मूल्य मान्यतालाई सवल बनाउनका लागि बैचारिक र आर्थिक रुपले सहयोग गर्दै आइरहेको छ । कुनैपनि मुलुकमा मानवअधिकारको हनन् र प्रहरीको दमनको घटनाको विरुद्धमा आवाज उठाउनमा सशक्त भूमिका पनि निर्वाह गर्छन् । तर, प्रहरीको दमनकारी नीतिले गर्दा फ्रान्समा अल्पसङ्ख्यकको बाँच्ने हक खोस्न खोजेको आरोप लागेको छ । ‘इतिश्री’

Comment


Related News

Latest News

Trending News