अपडेट 
२०८० असार ३१, आईतवार ०७:५९

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेशमा हालसम्म निर्माण भएका ५५ वटा कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन् ।

सभामुख मण्डलले मधेश प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयले महोत्तरीको बर्दिबासमा बार एशोसिएशनका पदाधिकारी तथा अर्धन्यायिक निकायका पदाधिकारीहरूलाई मधेश प्रदेशका कानुनहरूको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरेको दुई दिने छलफलको समापनमा मधेश प्रदेश सरकारले निर्माण गरेका कतिपय कानुन कार्यान्वयन भएको र केही कार्यान्वयनको चरणमा रहेको बताए । प्रदेश सभा सचिवालयका सचिव रञ्जित कुमार यादवले प्रदेश सभाले हालसम्म ५५ वटा कानुन पारित गरेर प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको बताउँदै कानुन सबैका लागि आवश्यक भएको बताए । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुरले मधेश प्रदेश सरकारले बनाएका कतिपय कानुनहरू निक्कै महत्वपूर्ण भए पनि संघीय कानुन नबनेका कारणले कार्यान्वयन नभएको बताए ।

Comment


Related News

Latest News

Trending News