अपडेट 
२०८० असार ३१, आईतवार १३:२१

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ ।

नयाँ मूल्यसूचीपछि पनि निगम सबै पेट्रोलियम पदार्थमा नाफामा छ । पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ तथा डिजेलमा साढे ६ रुपैयाँ निगमलाई नाफा छ । 

Comment


Related News

Latest News

Trending News