अपडेट 
२०८० असार ३१, आईतवार १९:१६

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आज आइतवार राति १२ बजेपछि लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १० रुपैयाँ, पेट्रोलको मूल्य प्रतिलिटर छ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाएको हो ।

ग्यासको मूल्य अब प्रतिसिलिन्डर १७ सय ९० रुपैयाँ पर्नेछ ।

त्यस्तै पेट्रोलको मूल्य काठमाण्डौ उपत्यकामा प्रतिलिटर एक सय ६४ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक–फरक दर कायम भएको छ । डिजलको मूल्य काठमाण्डाै उपत्यकामा प्रतिलिटर एक सय ४६ रुपैयाँ पर्नेछ ।

Comment


Related News

Latest News

Trending News