अपडेट 
२०८० श्रावण १, सोमबार ०७:३०

लोकतन्त्र भनेको विधिको शासन हो । लोकतान्त्रिक शासन प्रणालीमा प्रत्येक ५ वर्षमा जनताले विश्वास गरेका प्रतनिधी नै सरकार संचालनको जिम्मेवारी पाउछन। संविधानले नै प्रत्येकको काम कर्तव्य र अधिकारलाई पनि परिभाषित गरेको छ । प्रत्येकको निम्ति एउटा सिमा रेखा पनि कोरिदिएको छ । आफ्नो अधिकार क्षेत्रको सिमा बाहिर गएर काम गर्ने छुट कसैलाई पनि छैन शायद त्यही भएर संविधान र कानुनको व्याख्याब गर्ने तथा दोषी र अपराधीको अन्तिम निर्णय सुनाउने अधिकार प्राप्त गरेको न्यायपालिकालाई सर्वोच्चो मानिएको छ । गलत गरेमा सर्वेच्च अदालतका प्रधानन्यायधिस माथी पनि वैधानिक कारवाही हुने तथा महाअभियोग लाग्ने समेतका प्रावधान हाम्रो संविधानमा रहेको छ । संविधान भन्दा माथि राष्ट्रपति र प्रधानमन्त्री पनि छैनन शायद त्यही भएर होला राष्ट्रपतिको निर्णयको समिक्षा पनि न्यायालयमा हुने गर्दछ । न्यायलयमाथि सवैको विश्वाहस हुनुपर्छ,काठमाण्डौंका मेयर बालेन शाहले अदालतको निर्णय आफू अनुकुल आए त्यसलाई स्वीकार नगरिने धम्की दिने काम गरे आफूले सोचेको र चाहेको जस्तो फैसला आए त्यसलाई स्वीकार गर्ने अन्यथा त्यसको विरोधमा सडकमा उत्रिने आफ्ना समर्थकलाई उचाल्न र उन्मादपूर्ण वातावारणको सृजना गर्ने कार्यलाई जायज कसरी मान्न् सकिन्छ ?

आफू मात्रै ठीक र अरु सबै खराब भन्नेग ठम्याई अहंकारको पराकाष्ठ हो ।अहंकारको पराकाष्ठमा पुगेको व्यक्तिब चाडै नै अराजक हुन पुग्दछन् । अराजक वातावरणले कसैको पनि भलो गर्न सक्दैन वैकल्पिक राजनिति गर्ने दावी सहित आएको नया अनुहारहरुसित राष्ट्रविकासको निम्त् िकुनै भिजननै छैन । तानाशाह व्यक्ति आफुलाई नै सर्वेसर्वा ठान्छ, अनि आफ्नो आदेशलाई कानुन मान्नुवपर्छ, भन्नो सोही अनुसार आदेश निर्देश गर्दछ । म नै कानुन र मेरो न्याय नै अन्तिम न्याय भन्नो मानसिकता बनाएका व्यक्त् िस्वयं पनि पतनको शिकार हुन्छ । काठमाण्डौंको मेयरले सर्वसतावादी र निरकुशंतानाशाहको शैलीमा प्रकट हुन खोजेका छन तर उनी लोकतान्त्रिक शासन प्रणालीवाट निर्वाचित हुनु भएको हो र लोकतन्त्रमा तानाशाह बन्नेउ छुट कसैलाई पनि हुदैन भन्नो कुरालाई स्मरण गरि राख्नुा पनि आवश्यनक देखिन्छ। उनी व्यक्तिप होइन्ने, राष्ट्रिय राजधानी काठमाण्डौंका मेयर हुन । काठमाणडौं भनेको निरन्तर रुपमा विदेशी सम्मानित अतिथिहरुको आगमन भई राख्नो ठाउँ हो । राष्ट्रिय राजधानीमा अराजकताको निम्तिन ठाउ हुनु हुदैन मेयरको पद संस्थागत जिम्मेवारी हो कहिले गैर जिम्मेवार ढंगले सुकुम्बासी वस्तीमा डोजर चलाउने कहिले सिहंदरवारको फोहोर नउठाउने र कहिले फुटपाथमा व्यवसाय गर्ने माथि अमानविय आक्रमण गर्न त हर्कत गरेर आफूलाई कुनै सिनेमाको नायकको रुपमा प्रस्तुत गर्ने प्रयास गर्दै छन। उनी कलाकार पनि हुन तसर्थ अभिनय गर्ने तरिका पनि थाहा होला तर जनसेवा अभिनय होइन। यो कानुनले मात्रै होईन व्यवहार हेर्ने ठाउँ पनि हो।

अदालतलाई आफ्नो धाक, धम्कीर एंव भय र त्रास अनुसार निर्णय गराउने वातावरण सृजना गर्न खोज्नु दुर्भाग्य हो । सही र गलतको फैसला सडकको भिडले गर्न थालेपछि देश मध्यकालीन युगमा पुगेको मान्नु पर्दछ । अदालतको फैसला बालेनले चाहे जस्तो नै हुनुपर्छ भने मान्योता राजधानी र देश बाहिरका हजारौ पढेलेखेका कानूनवीज्ञहरुको पनि रहेको छ । कार्यपालिका, न्यायपालिका र ब्यवस्था पिका एउटा नगर प्रमुखको इच्छाप अनुसार कसरी चल्नय सक्दरछ? हाम्रो समाजमा एउटा के पनि गलत धारणलाई बढाई–चढाई पेश गर्ने गरिन्छख भन्नेो फलानो मान्छे अमेरीकामा अथवा युरोपका देशमा पाईरहेको लाखौ रुपैयाको तलब सुबिधा छाडेर नेपाल आएको हो, देशकै निम्तिल केहि गर्नका लागि खास गरिकन विकास गर्नका लागी त आएका छन्, यस्ता पाखण्डीप ब्यक्तिको मासिक तलब बुझ्ने केही चाटुकारहरु यस अफवाहलाई जनता माझ पस्किडरहेका हुन्छन। अचेल नेपाल र नेपाल प्रति सेवाभाव जागेका पाखण्डीकह मातृभुमी नेपालको त्याग नै किन गरेका थिए ? नेपालको नागरिक्तालाई परित्याग गरेर अमेरिका तथा युरोपेली नागरिक बनेका त्यस्ता ब्यक्तिहरु नेपालमा भईरहेको आयबाट सन्तुरष्टा थिएनन् ।पैसाको लोभमा नेपाल र नेपालीलाई लात्तहानेर विदेश गएका थिए । केही वर्ष त्यहाँ बसेका बसेर पैसा त कमाए तर अमेरिका तथा युरोपमा जति लामो समयसम्म। बसेपनि त्यहाँ नेपाल जस्तो भ्रष्टाचार गरेर करौडौ रुपैया कमाउने सम्भाोवना रहदैन । अमेरीकामा घुस खाने तथा भ्रष्टा्चार गर्ने छुट कसैलाई पनि छैन । शायद त्यही भएर होला बढी पैसा, पठाउने लोभमा अमेरिका गएकाहरु आफ्नैछ देशमा फर्केर घुस–कमिशन र भ्रष्टाचार गरी करौडौ अर्बौ कमाउन नेपाल फर्केका छन् ।

यसका कुनै त्यागको भाव छैन । राष्ट्रि य स्वौतन्त्र पार्टीका एक जना पुर्व सांसदको अभिब्यक्तिलाई पनि यसको आधार मान्न सकिन्छ । सरकारले रास्वनपा र पूर्व सांसद सहित यस पार्टिको कोर कमिटीका नेताहरुलाई समेत हिरासतमा राखी सत्य तथ्य बाहिर ल्यािउने काम हुनुपर्दथ्यो।त्यस्ताबाट के अपेक्षा राख्नु् ? तथापी वर्तमान प्रधानमन्त्री पुष्प कमल दाहाल नेतृत्वतको सरकारले गरेका कतिपय कार्यहरु सकारात्मयक हुन्, खास गरिकन आर्थिक अपराधमा लागेकाहरुलाई न्या यको परिधि भित्र ल्यामउने काम गरेर। अझ गर्नुपर्ने धेरै काम बाँकी छ । भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको कारवाही सराहनीय छन् । ललिता निवास जग्गा प्रकरणमा पनि कारवाहीको गति तिव्र भएको छ । पशुपतिनाथको जलहरी हेरफेरमा भएको घटनाको छानविन बढी प्रभावकारी ढंङ्गले हुनुपर्छ ।नेपालको राजनीतिमा विकृती आयो, सबै नेताहरु भ्रष्टप नै भए, राजनीतिक दलहरुको काम छैन,भने आरोप लगाउँदै राजनीतिमा पदार्पण गरेकाहरुसित कुनै राजनीतिक भिजन नै छैन।चिनीहरु केवल हावादारी गफ मात्रै गर्दछन् ।यिनीहरु राजनीतिमा किन आएका छन् ? यस विषयमा आफै प्रष्टफ छैनन् ।शासन प्रणालीको विरोधमा कि ब्यक्तिको विरोधमा ?समस्याको समाधान कहाँबाट गर्न खोजेका छन् ।

संविधानभित्र बाट कि संविधानभन्दा बाहिर गएर? यदि जननिर्वाचित संविधानसभाको दुई तिहाई बहुमतले बनाएको संविधान गलत हो भन्नेन एउटा ब्यक्तिको आएको परिकल्पना माथी सबैले विश्वानस किन गरिदिनु पर्ने ? बालेन प्रबृतिका जनप्रतिनिधीहरु आफुलाई जनताको अवाज भन्ने गर्दछन् ? जुन जनताले उनलाई जिताएका छन्, तिनै जनता अरुलाई पनि जिताएका छन् ? जनताको बैधानिकताको मापन गर्ने यन्त्रि के हो ? लोकतन्त्रामा त निर्वाचन नै हो । सडक प्रदर्शनबाट समस्याको समाधान गर्न खोजिए त्यसबाट अराजकता निम्तितनेछ । प्रणाली र ब्यक्ति विचमा ठुलो अन्तर हुने गर्दछ । प्रणाली भन्दा राम्रो ब्यक्ति हुन सक्दौन । त्यसमा पनि लोकतान्त्री क शासन प्रमाणलीको विकल्प खोज्नुो बुद्धिमानी होईन कुनै इनडिभिजुअलले आफुलाई सिष्टकम भन्दा माथि ठान्नेण काम गर्दछन् भन्नेु त्यहाँ अराजकता निम्तिेनु स्वोभाविकै हो, एउटा इनडिभिजुअल ठीक तर सिस्टाम खराब कसरी हुन सक्दाछ ? सारा राजनीतिकर्मी खराब छन्, शासन प्रणाली पनि खराब छ भने खोई तपाईले अघि सारेको बैकल्पिक शासन प्रणाली ? अरु सबै खराब नै छन, केवल आफुलाई मात्रै ठिक ठान्ने मानसिकता अहंकारको धोतक हो । सबैमा दोष मात्रै हेर्ने तर समाधानका बाटो नदेखाउने हो भने यसलाई गैर जिम्मे वारी मात्रै भन्ने सकिन्छ। देशमा भ्रष्टाचार छ भन्नेठ कुरा सबैलाई थाहा छ, कुनै एउटा नेता र दल मात्रले पनि आफुलाई भ्रष्टा चार भन्दा टाढा राख्नछ सक्योै भने समाजमा सकारत्मसक वातावरणको निर्माण गर्नेछ तर आफ्नो भ्रष्टाचार राम्रो र अरुको भ्रष्टाचार गलत भन्ने दोहोरो मापदण्ड लिएर समाजमा परिवर्तन ल्याउन सकिदैन ।

सांसदहरु खराब हुन भने सडकको भिडबाट कसैलाई सांसद बनाईदिने त होईन ? निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यक्षेत्रको परिधिभित्र रहेर जनताको हितमा काम गर्नुपर्छ । आवश्यजकता भन्दा बढी प्रदर्शन गर्नुको कुनै कारण छैन ।काठमाण्डौका जनता प्रतीकारात्मआक राजनीतिमा विश्वास बढी गर्दछन । शायद त्यही भएर होला तिनका भावनाको बढी शोषण हुने गर्दछ । नेपाली राजनीतिम विकल्प् दिने दावी गर्नेहरुसित कुनै भिजन नै छैन ।

Comment


Related News

Latest News

Trending News