अपडेट 
२०८० श्रावण १, सोमबार ०७:३३

डेढ वर्षपछि राजर्षिजनक विश्वविद्यालयमा उपकुलपति नियुक्त भएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राध्यापक डाक्टर अमर यादवलाई विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका छन् ।

डेढ वर्षदेखि उपकुलपतिविहीन रहेको राजर्षिजनक विश्वविद्यालयले उपकुलपति पाएको छ । विश्वविद्यालयमा १८ महिनादेखि उपकुलपतिसँगै रजिस्ट्रार, सेवा आयोगको अध्यक्ष, क्याम्पसप्रमुख र डीन पनि थिएनन् । उपकुलपति र रजिस्ट्रार नभएका कारण विश्वविद्यालयमा कक्षा र समयमा परीक्षा सञ्चालन हुन सकेको थिएन । सोही कारण एक सातादेखि विद्यार्थीहरु जनकपुरधाम–ढलकेवर सडक एक घण्टा अवरुद्ध गरेर प्रर्दशन गर्दै आएका थिए । २०७५ सालमा स्थापना भएको विश्वविद्यालयले पहिलो उपकुलपतिको रूपमा भरत झालाई पाएको थियो भने दोस्रो उपकुलपति शैलेन्द्र नारायण मल्लिक थिए । यी दुबै अवकाश प्राप्त गरेपछि नयाँ उपकुलपति आउन डेढ वर्ष लागेको छ । सिरहा जिल्ला घर भएका प्राध्यापक डा.यादव रसायन शास्त्रका प्राध्यापक छन् ।

उपकुलपति नियुक्त भए पनि रजिष्टार र रेक्टरलगायतका राजनीतिक नियुक्ति हुने पद अझै रिक्त नै रहेको छ । विश्वविद्यालय स्थापना भएको ५ वर्ष वितिसक्दा पनि कलेज र विश्वविद्यालयले आफ्नो भवन बनाउन सकेको छैन् । बहालको घरमा सञ्चालनमा रहेको विश्वविद्यालयमा एकलौटी कर्मचारी भर्नाले झन समस्या उत्पन्न भएको छ । मधेश प्रदेशमा राजर्षिजनक विश्वविद्यालय अस्तव्यस्त रहेको बेला प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश विश्वविद्यालय र मधेश कृषि विश्वविद्यालयको स्थापना गरेको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान र मधेश कृषि विश्वविद्यालयले गति लिए पनि मधेश विश्वविद्यालय लुट्ने मार्गमा अग्रसर भएको छ ।

Comment


Related News

Latest News

Trending News