
पर्साको कालिकामाई गाँउपालिकाको ९ औँ गाउँ सभा आइतबार सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताको अध्यक्षतामा भएको गाउँ सभामा उपाध्यक्ष राजमती देवी बरैनले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ३० करोड ९१ लाख ९८ हजार २ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन । गाउँपालिका अध्यक्ष गुप्ताले नीति तथा कार्यक्रममा पालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधारको क्षेत्र मुख्य प्राथमिकतामा राखेको बताए । सबै क्षेत्र विकासमुखी बनाउनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष गुप्ताले आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको बताए र कालिकामाइ गाउँपालिकाको विकासमा स्थानीय जनसमुदाय ,जनप्रतिनिधि र कर्मचारीहरुको सहयोगका कारण बिकासले गतिलिएकोमा सबै जनालाई धन्यवाद समेत दिए। ज ब स म् म सबैको सहयोग र सहकार्य हुदैन भने विकासको काममा कमी आउने बताए । कालिकामाइ गाउँपालिकाको विकास कार्यमा सबै पार्टीहरुसंग सहकार्य गरी चलने प्रतिबद्धतासमेत गरेका थिए ।
सभामा प्रमुख प्रशासकीय अधिकृत नमोनाथ यादव,वडाअध्यक्ष सन्जय पटेल, सोनालाल चौरसिया, लालबाबु प्रसाद, सन्जय साह, जयनारायण कुर्मी, कार्यपालिका सदस्य हरिओम साह,समाजसेबी आरमान खाँ, कार्यपालिका सदस्य ,गाउँपालिका महिला ,पुरुष सदस्य कर्मचारी, शिक्षक, स्वास्थ्य कर्मचारी, संचारकर्मी, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो ।