
बाँके प्रहरीले लुम्बिनी प्रदेश सरकारका पूर्व कृषि मन्त्री तथा नेकपा एमाले नेता विजय यादवलाई पक्राउ गरेको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले यादवलाई डुडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरेको हो । बैङ्किङ कसुर मुद्दामा यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
रुपन्देही प्रहरी प्रवक्ता श्यामु अर्यालले भने यादवको पक्राउबारे जानकारी नभएको बताए । कांग्रेसबाट राजनीति सुरु गरेका यादवले अघिल्लो चुनावमा टिकट नपाएपछि जसपामा प्रवेश गरेका थिए ।
जसपाबाट यसअघिको प्रदेश सभामा निर्वाचित भएका यादव एमालेको तत्कालीन प्रदेश सरकारमा मन्त्री बनेपछि जसपाले उनलाई कारबाही गरेको थियो ।
जसपाले माओवादीसँग गठबन्धन गरी पछिल्लो चुनावमा टिकट नपाउने निश्चित भएपछि भने उनी एमाले प्रवेश गरेका थिए । एमालेबाट उनले टिकट पाएपनि निर्वाचन जित्न भने सकेनन् ।