अपडेट 
२०८० श्रावण २, मंगलवार ०५:१०

एक भारतीय युवकले आधारकार्डमा अरबाज र नेपालमा नक्कली छोरा बनी समीर मिया ठकुराईको नामबाट नागरिकता बनाएको रहस्य खुलेको छ ।

भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी ग्राम सिरसिया पोष्ट नरकदेहीका क्यूम मियाको छोरा आधारकार्डमा अरबाज आलम र नेपालमा कलैया उपमहानगरपालिका वडा नम्बर १० मटियर्वाका मामा हरुण मिया ठकुराईको नक्कली छोरा बनी समीर मिया ठकुराईको नामबाट नागरिकता प्राप्त गरेका छन् । आमा तनजीला खातुन रहेकी छन् । तनजीता हरुणको बहिनी रहेकी छन् । भारतको आधारकार्डमा जन्म भएको मिति २००१ साल अप्रिल महिना ५ गते लेखाएका छन भने नेपालमा २०५६ साल जेठ महिना ५ गतेको मितिमा जन्मदर्ता कायम गराइ २०७६ साल असार १ गते जिल्ला प्रशासन कार्यालय बाराबाट नेपाली नागरिकता लिएका छन् । ना. प्र. प ३३–०१७६–०२३९२ नम्बर रहेको नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत शेर बहादुर थापाको हस्ताक्षर रहेको छ । भारतीय आधारकार्ड नम्बर २११७०२०५९३२९ रहेको छ । तत्कालीन वडा अध्यक्ष शंकर प्रसाद गुप्ताको सिफारिसमा सो नागरिता प्रदान गरिएको छ ।

वडा अध्यक्ष गुप्ताले भान्जालाई छोरा बनाइ सिफारिस दिएको खुलेको छ । तत्कालीन वडा सचिव खेदु मिया अंसारीले २०७६ साल जेठ १४ गते समीरको जन्म दर्ता बनाएको छ भने जेठ १५ गते वडा अध्यक्ष गुप्ताले नागरिकता दिन योग्य रहेको सिफारिस जिल्ला प्रशासन कार्यालयमा गरेको थियो । वडा सचिव मिया सो ठाँउमा करिब १५ वर्ष भन्दा बढी समयदेखि काम गर्दे आएका छन् । हरुण मिया ठकुराईको ३ छोरा र ३ छोरी गरी ६ जना सन्तान भए पनि ९ जनाको वडा कार्यालयमा विभिन्न मितिमा छोरा छोरी भनेर जन्मदर्ता गराएको वडा अध्यक्ष साविर अंसारीले जानकारी दिए । सोहेल बाबुको २०६७ साल बैसाख ११ गते, मोहम्मद सोएल मियाको २०६४ साल बैसाख ५ गते, समीर मिया ठकुराईको २०५६ साल जेठ ५ गते, मोहम्मद सोहेलको २०७४ साल बैसाख १५ गते, सेराज मिया ठकुराईको २०५४ साल पुस १३ गते, रेहना खातुको २०५६ साल चैत्र १५ गते, रेवाज मिया ठकुराईको २०५७ साल असोज २५ गते, रेयेना खातुनको २०५९ साल चैत्र ३० गते र रोक्सना खातुनको २०६२ साल जेष्ठ २० गते जन्मदर्ता गराएको कलैया उपमहानगरपालिका वडा नम्बर १० का वडा सचिव रामनरेश साहले जानकारी दिए ।

हारुणको ३ छोरा रहेकोमा भान्जालाई छोरा बनाइ छोराको संख्या ४ बनाएको नागरिकताबाट पुष्टि भएको छ । यसैबीच निज हारुण र समीर भनिएका विरोधमा जिल्ला प्रशासन कार्यालयमा नक्कली छोरा बनी नागरिकता बनाएको लिखित उजुरी परे पनि हारुण आइतबार पक्राउ पर्दासमेत सोही दिन जमानतमा छुटेका थिए । प्रहरी प्रवतmा पुरुषोतम सिंह पाण्डेलले जिल्ला प्रशासन कार्यालयबाट हारुणले छोराको नामबाट समीरलाई दिएको नागरिकताका बारेमा सत्य तथ्य बुझ्नका लागि पत्र प्राप्त भइ आएको हुँदा यसलाई सूक्ष्म रुपमा छानविन प्रक्रिया अगाडि बढाइएको जानकारी गराए । यस समबन्धमा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासंग बुझ्दा नागरिकता जस्तो सम्बेदनशील विषयमा गहिरो रुपमा मात्र छानविन गरी दोषी देखिएको खण्डमा नक्कली विवरण खडा गरी नागरिकता बनाउनमा सहयोग गर्ने निर्वाचित प्रतिनिधि, सचिव र जालसाजी गराउने व्यतिmलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Comment


Related News

Latest News

Trending News