अपडेट 
२०८० श्रावण २, मंगलवार ०५:१४

जनकपुरधाम उपमहानगरपालिकाको नवर्निमित गौशाला सञ्चालनमा आएसँगै छाडा चौपाया नियन्त्रण गर्ने काम सुरु भएको छ ।

सोमबारदेखि सडक तथा सार्वजनिक ठाउँमा देखिएका चौपायाहरु प्रहरीले नियन्त्रणमा लिइ जनकपुरधाम उपहानगरपालिका– १२ कुवास्थित गौशालामा राख्ने काम सुरु भएको छ । नगर प्रमुख मनोज कुमार साह र उपप्रमुख किशोरी साहले संयुक्त रुपमा गौशालाको उद्घाटन गरेका थिए ।

यसअघि पूर्व नगर प्रमुख लालकिशोर साहले पनि पगलाबाबा धर्मशालामा छाडा चौपाया नियन्त्रणमा लिने र जरिवाना लिएर छोड्ने काम थलानी गरेका थिए । यद्यपि त्यो सफल हुन सकेका थिएनन् । अहिले गौशाला निर्माण समिति बनाएर नियणन्त्र गर्ने कामको थालनी गरिएको छ । गौशाला व्यवस्थापनपछि सडक दुर्घटना र ट्राफिक व्यवस्थापन जोखिम न्यूनीकरण हुने नगर प्रमुख साहको विश्वास छ । गौशाला उद्घाटनका दिन नेपाल प्रहरी र नगर प्रहरी मिलेर करीब दुई दर्जन गाई, साढे र बाछाबाछीहरु समेत नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएको सो पशुहरुलाई राखिने र लिन आउने पशुधनीलाई जरिवाना गरी मात्र छाडिने उपमहानगरपालिकाले जनाएको छ । सो अवसरमा गौशाला निर्माणमा अभिभावकीय भूमिका खेलेका स्थानीय युवा दिलीप मण्डललाई कदर पत्रसहित सम्मानित गरिएको थियो भने वडा अध्यक्ष महेन्द्र साह, निर्माण समितिका पदाधिकारी र सदस्यहरु सहित स्थानीय युवाहरुलाई सम्मान गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News