अपडेट 
२०८० श्रावण २, मंगलवार ०५:२०

क्लियोपेट्रा इजीप्ट (मिस्र) की महारानी थिई । क्लियोपेट्रा आफ्नो सौन्दर्यलाई आफ्नो इच्छाअनृुसार प्रयोग गर्ने अद्भुत कला उनमा थियो र कामुक र यौनिक प्रकृयाको माध्यमबाट मानिसलाई आकर्षित गर्ने अपूर्व क्षमता उनमा थियो । यस्तै कोरा पर्ल उनैसौं शताब्दीकी यस्ती नारी थिई कि आफ्नो खतरनाक सौन्दर्यले गर्दा आफ्नो क्रियाकलापबाट मानिसहरुलाई खेलौना जस्तो बनाएर राख्द थिई । क्लियोपेट्रा एक यस्तै चरित्र हो ।

बहुत थोरै यस्तो साहित्यिक चरित्र हुन्छन जो अमर भै हाल्छन् । शेक्सपेयरका जुलियस सिजर र एन्टोनी क्लियोपेट्रामा मात्र होईन जौन ड्राईडन र जौर्ज बनार्ड शा जस्तो रचनाकारहरुले क्लियोपेट्रालाई आफ्नो कलाको विषय बनाएका छन् । यती मात्र होईन क्लियोपेट्रामाथि अनेक फिल्म पनि बनि सकेका छन् । क्लियोपेट्राको जन्म इशा पूर्व ६९ र निधन इशा पूर्व ३० मा भएको थियो । इतिहासमा यस नाउको सात नारीहरु भएकी छिन । यिनीहरुको सम्बन्ध मिस्रको प्टालेमाइक राजवशं (मिस्रको) रहेको पाइन्छ तर जुन क्लियोपेट्राको सबभन्दा बढी चर्चा भएको छ त्यो हो प्टालेमाइक सातौं क्लियोपेट्राका नामले जानिन्छिन् । प्टोलेमाइक राजवशं ग्रीक मूलको थियो र त्यसको सम्बन्ध सिकंदर संग थियो ।

प्टालेमाइक राजवशंमा दीदी बहिनीसगँ विहेको चलन थियो । क्लियोपेट्राको विहे आफ्ना भाई प्टोलेमी तेह्रौंको साथ भएको थियो पछि उसका विहे प्टोलेमी चौधौंको संग भएको थियो । विहेको वखत प्टोलेमी तेह्रौको उमेर बाह्र वर्ष थियो र क्लियोपेट्राको उमेर अठारह वर्ष थियो । क्लियोपेट्रा आजाद स्वभावकी नारी थिई र उ आफ्नो तरीकाबाट मिस्रको शासन व्यवस्था सचांलन गर्न चाहन्थी तर यो कुरा त्यहाँका दरवारियाहरुलाई मन परेन । उनीहरु त्यस वखत मिस्रका त्यस वखतका राजधानी अलेक्जेन्ड्रीयाको राजदरावारमा आफ्नो वर्चश्व चाहन्थे । यसै कारणले प्टोलमी तेह्रौंले क्लियोपेट्राको विरुद्धमा षडयन्त्र गर्याे । क्लियोपेट्रालाई त्यहाँबाट भाग्नु परेको थियो र उ पुनः अलेक्जेन्ड्रीया पुगिन जब रोमन सेनापती जुलियस सीजर त्यहाँ पुग्यो । भनीन्छ क्लियोपेट्रा एउटा कालीनमा बाँधिएर सीजरको सामु पुगीन र उसलाई देख्ने वितिक्क्ै रोमन सेनापती उसमाथि फिदा भै हाल्यो । अनि सिजरले प्टोलेमी तेह्रौंलाई हत्या गर्न लगाइ दियो र देखाउनलाई क्लियोपेट्राको विहे प्टोलेमी चौधौंसँग गराईदियो ।

प्टोलेमी चौधौं त्यस वखत मात्र एगारह वर्षको थियो । तर सिजर क्लियोपेट्राको प्रेममा परि सकेको थियो । दुवैको एउटा छोरा पनि भएको थियो । र त्यसको नाम सिजेरियन राखिदिएको थियो । सिजर जब रोम फकर््यो त्यस बखत त्यो आफ्नो सँग क्लियोपेट्रालाई पनि लगेको थियो । रोममा सिजरको विरुद्ध जुन कुराको लागि माहौल बन्यो त्यसमा यो पनि थियो कि त्यो स्वयं राजा बन्न चाहन्थ्यो र आफ्नी प्रेमीका क्लियोपेट्रालाई त्यहाँकी रानी बनाउन चाहेको थियो । तर केहि दिन पछि सिजरको हत्या भयो र स्थितिलाई देखेर क्लियोपेट्रा त्यहाँबाट भागेर अलेक्जेन्ड्रीया आइ हाली त्यसले आफ्नो दोस्रो पति र भाई प्लेटोमीको हत्या गराईदियो र सिजरबाट भएको आफ्नो छोरालाई जो मात्र चार वर्षको थियो आफ्नो सहशासक बनाइ दियो । तर रोमको राजनीतिबाट उसको सम्बन्ध यथावत् रह्यो ।

सिजरको हत्या पश्चात पहिला उसको प्रेम सम्बन्ध उसको साथी मार्क एन्टोनीसंग बनेको थियो । पछि दुवैले विहे गरेको थियो । केही समय पश्चात एन्टोनी अलेक्जेन्ड्रीयामा नै बस्ने गरेको थियो र पछि दुवैको तिनवटा छोराछोरीहरु भएको थियो यसमा दुईवटा विहेभन्दा पूर्व र एउटा विहे पश्चात । तर रोमको राजनीतिमा मार्क एण्टोनीको पनि राम्रो दिन रहेन र सिजरको भतीजा अक्टोपियनले एण्टोनीलाई हराउन अलेक्जेन्ड्रीया माथि नै हमला गरी दियो । त्यसमा एण्टोनीको हार भयो र लाजले बच्न उसले आत्महत्या गर्याे । पछि क्लियोपेट्राले पनि आफुलाई सर्पबाट टोकाएर मरेकी थिइन् । इतिहासमा क्लियोपेट्रा प्रेमिकाको रुपमा प्रसिद्ध छ तर वास्तविकता यो हो कि उसले प्रेमको नाममा जो गरे त्यो मिस्रलाई बलियो देश बनाउन गरे । मिश्रको कमजोर हालतले नै उसलाई सिजर र एण्टोनीसँग सम्बन्ध बनाउन विवश गरेको थियो । उसको त्यसबेलाको प्रजामाथि कति प्रभाव थियो त्यो कुरा यसवाट थाहा हुन्छ उसको पूजा फराओको रुपमा गरिन्थ्यो ।

मार्क एण्टोनी उसका प्रेमी थियो अवश्य तर उसको व्यक्तित्व क्लियोपेट्राको तुलनामा अत्यन्त दुर्बल थियो । उ अधिक सुन्दर नभएपनि त्यसमा एउटा यस्तो चुम्बकिय आकर्षण त अवश्य थियो जसले उसलाई इतिहास र कलाहरुको अविस्मरणीय चरित्र बनाइदिएको छ । साहित्यकारहरुको प्रेम प्रसगं कोट्याउँदा रुसी साहित्यका ताल्सतायको प्रेम सम्बन्धको वारेमा ताल्सताय सोनियाको साथै एउटा किसानकी छोरी सक्सीना र अर्काे रुसी साहित्यकार गोर्की सँग वोल्गाको प्रेम सम्बन्ध उल्लेख भएको पाइन्छ । तर यो सत्य हो कि साहित्यकारहरुको वैवाहिक जीवन सुखी रहेन । यसमा शेक्सपियर, मिल्टन, वायरन , शेली आदि पर्दछन् । तर ती साहित्यकारहरु जसको वैवाहिक जीवन सुखी र सफल रह्यो त्यसमा वर्डसवर्थ, ब्राउनिगं , मुर आदि पर्दछन् । तर पूर्वीय साहित्यकार हरुको कुरा गर्दा जसको काव्यमा नारीले असाधारण प्रभाव पारेको छ त्यसमा मूख्य रुपमा विद्यापति , तुलसी , घनानन्द , भारतेन्दु, प्रसाद, ,निराला, अज्ञेय आदि पर्दछन् । तर यिनीहरुको प्रभावको चर्चा पाईदैन ।

Comment


Related News

Latest News

Trending News