अपडेट 
२०८० श्रावण ३, बुधबार ०७:२४

लम्पी स्किन रोगबाट मधेश प्रदेशमा ५२ हजार ६ सय ८६ चौपाया प्रभावित भइ एक हजार ७ सय चौपाया मरेका छन् ।

लम्पी स्किन रोग सरुवा रोग भएका कारण नेपाल, भारत लगायत अन्य मुलुकका चौपाया समेत यस रोगबाट प्रभावित भएको देखिएको छ । मधेश प्रदेशका ८ जिल्ला मध्ये सवै भन्दा महोत्तरीमा यस रोगको प्रकोप देखिएको छ । महोत्तरीमा यस रोगबाट भैसी/रांगा १६ र गाई/गोरु २४ हजार तीन सय ९६ गरी कुल २४ हजार ४ सय १२ प्रभावित भएका छन् भने गाई/गोरु दुई सय पाँच मरेका छन् ।

त्यस्तै सिरहा जिल्ला यस रोगबाट प्रभावित हुने दास्रो जिल्लाको रुपमा रहेको छ । यस जिल्लामा गाई/गोरु १३ हजार ८ सय ५७ र भैसी/रांगा चार सय ३६ प्रभावित भएका छन् भने यो रोगबाट यस जिल्लामा ११ सय १८ वटा गाई/गोरु मरेका छन् । त्यस्तै धनुषामा यस रोगबाट पाँच हजार चार सय ८६ गाई÷गोरु र तीन सय सात भैसी/रांगा प्रभावित छन् भने एक सय ४३ गाई/गोरु मरेका छन् ।

सर्लाहीमा यस रोगबाट कुल तीन हजार ५३ वटा चौपाया प्रभावित छन् । यस जिल्लामा दुई हजार सात सय १६ गाई/गोरु र तीन सय ३७ भैसी रांगा प्रभावित छन् भने ९८ वटा गाई/गोरु मरेको छ भने ५ वटा भैसी/रांगा पनि मरेका छन् । सर्लाहीमा तीन सय २५ वटा चौपायामा भ्याक्सिन दिइएको छ । सप्तरीमा दुई हजार पाँच सय गाई/गोरु प्रभावित भएका छन भने ६ सय भैसी/रांगा प्रभावित छन् ।

सप्तरीमा ४० वटा गाई/गोरु मरिसकेका छन् । बारामा यस रोगबाट कुल ९ सय ६४ चौपाया प्रभावित भएको छ भने ६१ चौपाया मरेको बताइएको छ । यस जिल्लामा ९ सय ६२ गाई/गोरु र दुई भैसी/रांगा प्रभावित छन् भने ६१ वटा गाई/गोरु मरेको छ । यस जिल्लामा १० हजार चौपायामा यस रोग विरुद्ध लड्ने भ्याक्सिन दिइएको छ ।

त्यस्तै रौतहट जिल्लामा कुल ९ सय ४९ चौपायामा लम्पी स्किन रोग देखिएको छ भने भने २९ वटा चौपाया मरेको छ । यस जिल्लामा ९ सय ३९ गाई/गोरु र १० वटा भैसी/रांगा यस रोगवाट प्रभावित भएका छन् । यस जिल्लामा २८ वटा गाई/गोरु र १ वटा भैसी/रांगा गरी कुल २९ वटा चौपायाको यस रोगवाट मरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक जागेश्वर यादवले जानकारी दिए । त्यस्तै यस रोगको प्रभाव पर्सा जिल्लामा कम देखिएको छ । यस जिल्लामा कुल एक सय २२ वटा चौपाया प्रभावित भएको छ भने एक चौपाया मरेको छ । यस जिल्लामा १ सय १५ गाई/गोरु र ७ भैसी/रांगा गरी एक सय २२ चौपाया प्रभावित छन् भने एउटा गाई/गोरु मरेको निर्देशनालयका सूचना अधिकारी शिवनारायण यादवले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News