अपडेट 
२०८० श्रावण ३, बुधबार ०७:४०

जनकपुरधाम–ढल्केवर अन्तर्गत रमदैयास्थित राजदेवी मन्दिरमा चोरी गर्ने थप एक जना पक्राउ परेका छन् । मंगलबार क्षीरेश्वरनाथ नगरपालिका ६ कुचाई टोलका २३ वर्षीय मोहमद नसिवलाई प्रहरीले पक्राउ गरेको छ ।

यस चोरी घटनामा गत फागुन २० गते पाँच जनालाई पक्राउ गरिएको थियो । सोही महिनाको १४ गते राति उनीहरु मन्दिरको ढोका फुटाई मूर्तिसहितको समान उनीहरुले चोरी गरेका थिए । चोरी भएको करिव पाँच महिनापछि चोरीमा संलग्नता पुष्टि भएपछि नसिवलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार यसअघि सोही घटनामा मुख्य योजनाकार विदेह नगरपालिका ४ का ३० वर्षीय सरिफ मुसलमान, सोही ठाउँका २२ वर्षीय नसरुदिन साह, हबगुल्लाह शाह, क्षीरेश्वरनाथ नगरपालिका– ५ का ३७ वर्षीय रजाक मोहमद र कमला नगरपालिका– ७ हथमुण्डाका २२ वर्षीय रमेश कुमार महतोलाई प्रहरीले सार्वजनिक गरेको थियो । उनीहरु सबै अहिले पुर्पक्षका लागि जेलमा छन् ।

फागुन १४ गते राति रमदैयास्थित जनकपुरधाम– ढल्केवर सडक छेउमा अवस्थित राजदेवी मन्दिरमा उनीहरुले चोरी गरेका थिए । सीसीटीभी र ह्युमेन इन्टेलिजेन्सको सहायतामा उनीहरुलाई पक्राउ गरिएको थियो । पक्राउ परेका उनीहरु सबै पेशेवर चोर रहेको प्रहरीले बताउँदै आएका छन् । उनीहरुको तत्कालीन ठाँढी झिझाको डाँका परिवारसंग संलग्नता समेत देखिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीले उनीहरुको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली, मूर्तिसहितको चाँदीको पिढी २ केजी, चाँदीको मुकुट २५ तोला, चाँदीको झाप १ केजी, चाँदीको थाली आधी किलो, चाँदीको लोटा १५ तोला, चाँदीको घण्टी १२ तोला, सुनको मनटिका ६ आना, सुनको नथिया १० आना, सुनको सिक्री ४ आना, नाकको टप १ आना, कानको बाली ६ आना, दान पेटिकामा रहेको खुद्रा पैसा बरामद गरेका थिए ।

Comment


Related News

Latest News

Trending News