अपडेट 
२०८० श्रावण ३, बुधबार १२:३४

सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । तोलामा सुन एक लाख १३ हजार एक सय रुपैयाँमा पुगेको छ । यसअघि गएको जेठ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख १३ हजार तीन सय रुपैयाँमा पुगेको थियो ।

यस्तै, आज चाँदीको भाउले नयाँ रेकर्ड राखेको छ । चाँदी अहिलेसम्मकै महँगो भएको छ । चाँदी आज तोलाको एक हजार चार सय ९० रुपैयाँ पुगेको नपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलामा एक हजार चार सय ८० रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News