अपडेट 
२०८० श्रावण ३, बुधबार १६:४८

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा माग्दै इन्जिनियरहरू विरोधमा उत्रिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि प्रदर्शन गर्न थालेपछि अहिले त्यस क्षेत्रमा प्रदर्शन निषेध गरिएको छ । निषेधित क्षेत्र पुगेका इन्जिनियरको समूहलाई प्रहरीले बल प्रयोग गरेको छ । सो क्रमममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ ।

इन्जिनियरहरूले कलकारखानामा स्वदेशी इन्जिनियरलाई नियुक्त गर्नुपर्ने, विदेश पलायन रोक्नुपर्ने, इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नुपर्ने, सेवाकालीन तालिमको व्यवस्था गर्नुपर्ने, स्तरवृद्धि गर्नुपर्ने, न्यूनतम सातौं तह कायम गर्नुपर्नेलगायतका माग राखेका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएसन मधेश प्रदेशले तत्कालीन मुख्यमन्त्री लालबाबु राउत र वर्तमान मुख्यमन्त्री यादवलाई समेत पटकपटक माग पूरा गर्न ध्यानाकर्षण गराएको थियो । मधेश सरकारले माग पूरा गर्न चासो नदेखाएपछि बाध्य भएर आन्दोलन गर्नुपर्ने इन्जिनियर सतिश यादवले बताए ।

मधेश सरकारको प्रदेश लोकसेवा आयोग छ । तर इन्जिनियरहरुका लागि अहिलेसम्म विज्ञापन गरेको छैन । विज्ञापन नगरेकाले इन्जिनियरहरुले प्रदर्शनका क्रममा ‘प्रदेश लोकसेवा आयोग खारेज गर कि विज्ञापन गर’ नारा समेत लगाए ।

Comment


Related News

Latest News

Trending News