अपडेट 
२०८० श्रावण ४, बिहीबार ०७:५८

धनुषाधाम नगरपालिकाका एक जनालाई मिटरब्याजी भन्दै कुटपिट गरिएको छ । सो नगरपालिकाको कजराका शिवजी यादवलाई कुटपिट गरिएको बताइएको छ ।

जनकपुरधाममा आयोजित पत्रकारसम्मेलनमा राकेश साह नेतृत्वका चार जना व्यक्तिले आफूलाई कुटपिट गरेको आरोप लगाएका छन् । बुधबार बिहान धनुषाधामबाट जनकपुरधाम आउने क्रममा शिसमपुर चोकमा साहको नेतृत्वमा नागेश्वर साह, राजेश साह र समोद साहसहितका व्यक्तिले आफूलाई कुटपिट गरेको बताए । यादवले साहसहितका व्यक्तिले आफूलाई गाडीबाट झारेर हेलमेट र लातीमुक्का कुटपिट गर्दै आफूसँग रहेका ९५ हजार रुपैयाँ र मोबाइलसमेत लुटेर इलाका प्रहरी कार्यालयको जिम्मा लगाएको आरोप लगाए । उनले भने आफूलाई के कति कारण कुटेको थाहा थिएन । पछि प्रहरीले ईलाका प्रहरी कार्यालयमा लग्दा आफूमाथि मिटरब्जायी आरोपको मुद्दा परेको थाहा पाए ।

यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई प्रश्न गर्दा छलफलका लागि बोलाइएको बताए । आफू घण्टौ जिल्ला प्रशासन कार्यालयमा बसे पनि आरोप लगाउने पक्ष नआएपछि त्यहाँबाट छाडेको उनले बताए । त्यस्तै, आफूमाथि मिटरब्याजीको उजुरी दिने राकेशबीच कुनै प्रकार लेनदेन नभएको यादवले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News