अपडेट 
२०८० श्रावण ४, बिहीबार ०८:१८

मापदण्ड विपरीत खोलामा उत्खनन गर्ने सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार मिथिला नगरपालिका १० रातु खोलाबाट अवैध रुपमा उत्खनन गर्ने पाँच वटा सवारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलका प्रहरी कार्यालय ढल्केवर, प्रहरी चौकी लालगढ र जिल्ला प्रहरी कार्यालय धनुषाबाट संयुक्त रुपमा खटेको प्रहरी टोलीले पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार यी सवारीका चालकहरुले जथाभावी खोलामा उत्खनन गरेका छन् । सोही कारण यी सवारीहरुलाई नियन्त्रणमा लिइएको छ । र, स्थानीय तह वा जिल्ला विकास समनव्य समितिमा पठाइने तयारी भइरहेको उनले बताए । जरिवाना लिएर छोडिने छन् । अर्को दिनदेखि यी सवारी मापदण्ड विपरीत खोला उत्खननमा प्रयोग नगर्ने सवारी धनीसँग प्रहरीले सर्त पनि गराउने उनले बताए ।

प्रहरीले प्र २–०२–००१ त ०२१२, प्र २–०२–००१ त ७१३, ज १ त ८५७८, ज २ त ४१९ र ना ५ त ८६९२ नियन्त्रणमा लिएको छ । यसअघि प्रहरीले गत असार ३० गते पनि ६ वटा ट्याक्टर क्षीरेश्वरनाथ नगरपालिका ७ औरही खोलाबाट नियन्त्रण लिएका थिए ।

Comment


Related News

Latest News

Trending News