अपडेट 
२०८० श्रावण ५, शुक्रबार ०७:२१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार राजविराजस्थित सामाजिक विकास इकाइ कार्यालयमा छापा मारेको छ ।

गत आर्थिक वर्ष ०७९/०८० मा सम्पन्न एक भवन निर्माण कार्यको भुक्तानी दिन घुस मागेको उजुरी आएपछि अख्तियारको टोलीले उक्त कार्यालयमा छापा मारेको छ । आयोगको इटहरीस्थित आयोगका डिएसपी मानबहादुर राइ नेतृत्वको टोली पुग्नासाथ कर्मचारीमा भागाभाग भएको थियो । कतिपय कर्मचारी त भुक्तानी लिएका व्यक्तिबाट प्राप्त गरेको कमिशन रकमसमेत फालेर भागेका थिए ।

अख्तियार टोलीले कार्यालयको पूर्व पट्टीको गल्लीमा कर्मचारीद्वारा फालिएको १५ हजार नगद तथा ५५ हजार रुपैयाँको चेकसमेत बरामद गरेको छ । सो रकम उक्त कार्यालयका कर्मचारी सब इन्जिनियर अजय कुमार साफीले फ्यालेर भागेको स्रोतले जनाएको छ । सिरहाको नवराजपुर गाउँपालिका– १ स्थित जनता आधारभूत विद्यालयको चार कोठे भवन निर्माण काम सम्पन्न भए पनि अन्तिम भुक्तानी दिन चेक रोकेर कमिशन मागेपछि उभोक्ता समितिका पदाधिकारीले अख्तियारमा उजुरी दिएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News