अपडेट 
२०८० श्रावण ५, शुक्रबार १४:५४

अवैध भारतीय रुपैयाँसहित वीरगञ्जबाट एक जना पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरको ३ सय ६४ थानमा रहेको १ लाख ८२ हजार भारतीय रूपैयाँसहित भारत बिहार राज्य बैशाली ग्राम दाउदनगर २ बस्ने ३८ वर्षीय मन्जय रामलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई भारतीय रूपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comment


Related News

Latest News

Trending News