अपडेट 
२०८० श्रावण ५, शुक्रबार १७:५५

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूलाई थप पाँच दिन हिरासतमा राख्न काठमाण्डाै जिल्ला अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालतका वैतनिक वकिल शङ्कर पौडेलले शुक्रवार यस प्रकरणमा पक्राउ परेका १७ जना आराेपीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको जानकारी दिनुभयो । यस प्रकरणमा प्रहरीले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसरकारी कर्मचारीसहित १७ जनालाई पक्राउ गरेको छ । उनीहरूविरुद्ध मुलुकी ऐन २०२० को किर्तेसम्बन्धी कसुर र सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विसं २०४९ देखि २०६९ को अवधिमा सरकारका नाममा रहेको बालुवाटारकाे ललिता निवासको एक सय ४३ रोपनी जग्गा हिनामिना भएको थियो । यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)  ले अनुसन्धान सकेर तीन सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रतिवेदन फिर्ता गरेको थियो ।

त्यसपछि अहिले पुनः सिआइबीले अनुसन्धान थालेको हो । आरोपीमध्ये १७ जनाले थुनाबाहिर राखेर अनुसन्धान गर्नुपर्ने गरी सर्वोच्चबाट अन्तरिम आदेश ल्याएपछि सिआइबीले त्यसको खारेजीको मागसहित भ्याकेट निवेदन दिएको छ । केही आरोपीहरूले भने बन्दी प्रत्यक्षीकरणको रिट दिएका छन् ।

Comment


Related News

Latest News

Trending News