अपडेट 
२०८० श्रावण ६, शनिबार ०७:१२

उपचारको क्रममा मृत्यु भएपछि जनकपुरधाम उपमहानगरपालिकाको सुरक्षा अस्पताल अगाडि प्रदर्शन गरिएको छ ।

पाठेघर शल्यक्रियाको लागि पुगेकी ती महिलाको शुक्रबार मृत्यु भएपछि प्रदर्शन गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका–१५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको उपचारको क्रममा मृत्यु भएको थियो । उनको परिवारजनले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल अगाडि शव राखेर प्रदर्शन गरेका थिए । परिवारजनले शव नबुझेर अस्पताल विरुद्ध प्रदर्शन गर्दै छानबिन गर्न माग गरेका छन् । अस्पतालमा तालाबन्दी गरी मुचुल्का उठाइ छानबिन गर्नुपर्ने उनीहरुको माग छ । केही समय अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो । अस्पताल प्रशासनदेखि चिकित्सकहरु पनि अस्पतालमा छैनन् । मृतक साह गत बुधबार अस्पताल भर्ना भएकी थिइन् । धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले भीडलाई शान्त बनाइएको र दुबै पक्षलाई राखेर वार्ताको माध्यमबाट निकास दिइने उनले बताए ।

Comment


Related News

Latest News

Trending News