अपडेट 
२०८० श्रावण ६, शनिबार ०७:३८

नेपाली कांग्रेसका जिल्ला सचिव भैयाराम यादव र नेकपा एसका जिल्ला उपसचिव धु्रव यादवलाई प्रहरीले गरेको कुटपिटको विरोधमा जारी तेस्रो दिनको आन्दोलनमा जनमत, नागरिक उनमुक्ति पार्टीले एक्यबद्धता जाहेर गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा एसका सहभागीहरुले दुई दिनदेखि विरोध गर्दे आएको भए पनि शुक्रबारदेखि जनमत पार्टी, नागरिक उनमुतिm पार्टी पनि साथ दिएको नेपाली कांग्रेसका जिल्ला सचिव राजेश रौनियारले जानकारी दिए । रामजानकी मन्दिरबाट निकालिएको विरोध ¥याली नगरको विभिन्न भागमा परिक्रमा गर्दै प्रहरी प्रशासनको विरोधमा चर्का नारावाजीसमेत गरिएको थियो । कानुनी राज्यमा प्रहरीले मुस्कानसहितको सेवा दिनुपर्ने ठाउँमा नागरिकको बोल्न पाउने अधिकारको कुण्ठित गर्दै कुटपिट गर्नु मानव अधिकारको ठाडो उल्लंघन भएको नेपाली कांग्रेस कलैया उपमहानगरपालिकाका सचिव मुकेश यादवको कथन छ ।

डिएसी पुरुषोतम सिंह पाण्डेय र प्रहरी निरीक्षक रुपेश साहसहित घटनामा संलग्न दोषी प्रहरीलाई निलम्वन नगरेसम्म आन्दोलन जारी रहने नेपाली कांग्रेस बाराका उपसभापति मनोज भट्टले बताए । आन्दोलनकारीहरुले कलैयाको मुख्य चोक भरत चोकमा टायर बाली प्रदर्शन गर्दै केहीबेर सडकमा बसी सडक जाम गरेका थिए । यता प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले नेपाली कांग्रेसका सचिव भैयाराम यादवलाई कुटपिट गरेको विषय दुखद भएको बताउँदै कारबाही स्वरुप डिएसपी पाण्डेय र प्रहरी निरीक्षक साहलाई मधेश प्रदेश प्रहरी कार्यालयमा पठाइएको जनाइएको छ ।उनका अनुसार घटनाको विषयमा थप अनुसन्धानका लागि मधेश प्रदेश प्रहरी कार्यालयबाट छानबिन समिति बनाइ सत्यतथ्य पता लगाइ सोही प्रतिवेदनको आधारमा कारबाही प्रक्रिया अगाडि बढाइने बताए । प्रहरी निरीक्षक साहलाई ओखलढुंगा प्रहरी कार्यालयमा मधेश प्रदेश प्रहरी कार्यालयले पठाउने तयारी गरेको बुझिएको छ ।

Comment


Related News

Latest News

Trending News