अपडेट 
२०८० श्रावण ६, शनिबार ०७:४३

प्रचण्ड गर्मीका कारण पानीको स्रोतहरु सुकेपछि विगत केही दिनदेखि सर्लाही जिल्लामा खानेपानीको हाहाकार मच्चिएको छ।

जिल्लाको पूर्वी क्षेत्र पर्सा गाउँपालिकादेखि पश्चिम बागमती किनारको बलरा नगरपालिकासम्मका क्षेत्रमा नदी नाला, कुवा, ईनार, चापाकलहरु सुकिरहेको अवस्था छ । अहिले धानको रोपाइँ चलिरहेकोले नदी,नाला ,पोखरी,तलाउ र नहरमा पानी सुकिसकेकोले केही हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ। खानेपानीको चरम अभावले गर्दा आमजन समुदायमा त्राहिमामको अवस्था छ । यस्तो विकराल अवस्थामा संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकार कुनै ठोस कदम नचालिनु दूर्भाग्यपूर्ण देखिन्छ । यस्तो विकराल अवस्थामा सरकारले सर्लाही जिल्लालाई सुख्खा क्षेत्र घोषणा गरिदिनु परपर्ने जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहले माग गरेका छन्। समयमै यसको विकल्प स्वरुप खानेपानीको लागि डिप बोरिंग र सिँचाइको लागि ठूला–ठूला नदीको डाइभर्जनलगायतका बैकल्पिक काम अविलम्ब सुचारु गरिएन भने मधेश प्रदेश छिट्टै मरुभूमिमा परिणत हुन बेर लागदैन ।

मधेशभरि देखिएको सुखापन, गर्मी र खानेपानीको समस्या दिन प्रतिदिन बढ्दै गर्दा जनजीवन अस्तव्यस्त बन्दै गइरहेको छ । यस्को एउटा मात्र उपाय खाली, अर्ती पर्ती, नदी नालाको किनारालगायत जस्ता ठाउँमा वृक्षरोपण गर्नुपर्ने वातावरणविदहरुको कथन छ । मलंगवाका अधिकांश घरधुरीले पानीको समस्या भोगिरहेका छन् । जमिनमा पानीको स्तर घटेर मोटरलेसमेत नतान्ने अवस्था भएको कारण शहरी क्षेत्रका स्थानीय समस्यामा परेका छन् । पानी परेपछि मात्र यसको समाधान हुने जानकारहरूको भनाइ छ । “जमिन मुनि हुने पानीको लेबल बढीमा २८/२९ फिट हुनुपर्छ । सतह मुनिको पानीको लेबल घटेर अहिले ३१ फिटमा झरिसकेको छ । यसबाट गर्मीले जमिन सुक्यो भनेर बुझ्न सकिन्छ । जिल्लाका पूर्वमा रहेका पर्सा गाउँपालिकासहित पश्चिममा रहेका गोडैता नगरपालिका र सदरमुकाम मलंगवासहित आधा दर्जन पालिकाहरूमा चापाकल पूर्णरूपमा सुखे पछि पानीको समस्या भयावह बन्दै गएको छ ।

मलंगवामा सरकारी धारा जडान नगर्ने ग्राहक पनि अहिले धारा जडानका लागि धाइरहेको खानेपानी कार्यालय मलंगवाले बताए । धारा जडानका लागि दैनिक एक दर्जन हाराहारीमा निवेदन आउने गरेको कार्यालयले जनाएको छ । चुरे विनास,गाउघरमा बढ्दै गएको सडक तथा घर आसपासका चौतारासमेतको ढलानको क्रम बढनु ,रुखहरु मासिदै जानुलगायतको कारणले पनि पानिको समस्या उत्पन्न भएको बताइन्छ । मलंगवाका अधिकांश घरधुरीले पानीको समस्या भोगिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News