अपडेट 
२०८० श्रावण ६, शनिबार ०७:४५

राष्ट्रिय एकता अभियानले ‘मुस्लिम आयोग खारेज गर वा हिन्दू, बौद्ध, किंरात लगायत अन्य धार्मिक आयोग गठन गर’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार काठमाण्डुमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले कुनै एक धर्म विशेषको नाममा सरकारले आयोग गठन गर्नु दुःखद रहेको बताउँदै त्यो आयोग खारेज हुनुपर्ने वा अन्य धार्मिक आयोगहरु पनि गठन हुनुपर्ने माग गरेका छन् । कार्यक्रममा प्रतिनिधिसभाका स्वतन्त्र सांसद किरण साहले फरकमत राखेका थिए । उनले मुस्लिम आयोग खारेज भन्दा अन्य धार्मिक आयोगहरु पनि गठन गराउने तिर लाग्नुपर्ने सुझाव दिए । उनले नेपालको ८० प्रतिशतभन्दा बढी सनातन हिन्दू धर्मावलम्बीहरु हुँदाहुँदै पनि हिन्दू आयोग गठन नहुनु चिन्ताको विषय रहेको बताए । उनले नेपालमा हिन्दू, बौद्ध, किरातलगायतका अन्य धार्मिक आयोगहरु पनि गठन हुनुपर्ने बताएका छन् । यसैबीच, पूर्वमन्त्री लार्केल लामाले विश्वमा नेपाललाई चिनाउने भगवानका अनुयायी बौद्ध धर्मावलम्बीहरुप्रति अन्याय भएको जिकिर गरे । उनले बौद्ध सबै धर्मको संरक्षणका लागि राज्यले आयोग गठन गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा अभियानका वरिष्ठ नेता तथा संविधानसभाका सदस्य वीपि यादवले मुस्लिम आयोगको नाममा नेपालमा हत्या हिंसा मच्चाउन खोजिएको आरोप लगाए । उनले मुस्लिम आयोग खारेज गर्नैपर्ने बताउँदै यसका लागि आगामी दिनमा अभियानले सशक्त कार्यक्रमहरु गर्ने बताए । कार्यक्रमका अध्यक्षता गरेका अभियानका संयोजक विनय यादवले नेपाललाई जिहादीको अखाडा बनाउन मुस्लिम आयोग गठन गरिएको दाबी गरे । उनले विदेशी अतिवादी मुस्लिम आतंकवादीहरुको अखाडा नेपाल बन्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । ‘मुस्लिम आयोगको नाममा खुलेआम मुस्लिम आयोगका पदाधिकारीहरु सरकारी स्रोतसाधनको दुरुपयोग गरेर विमानस्थलबाट अपराधीहरुलाई उम्काउने काम गरिरहेका छन्’, उनले भने, ‘मुस्लिम आयोगको गतिविधि हामीसँग लुकेको छैन ।’ उनले मुस्लिम आयोगको नाममा विदेशी जिहादीलाई नेपाल भित्र्याएर सोझासाझा नेपाली मुस्लिमहरुलाई जिहाद र कट्टरवादको प्रशिक्षण दिइरहेको आरोप लगाए । यसैगरी, कार्यक्रममा हर्क स्वार, प्राध्यापकद्वय कुंजीलाल यादव र डा. श्यामनारायण लाभ, अवलेश गुप्तालगायतले आ– आफ्नो धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News