अपडेट 
२०८० श्रावण ६, शनिबार १९:१६

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री बीरेन्द्र कुमार सिंहले मधेश प्रदेश स्वास्थ्य क्षेत्रमा हालसम्म पछाडि रहेकोमा चिन्ता व्यक्त गरेका छन ।

शनिबार जनकपुरधामको नवजीवन हस्पिटल प्राईभेट लिमिटेडमा क्यान्सर रोगको उपचारको शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री सिंहले नेपालको स्वास्थ्य क्षेत्रमा मधेश प्रदेशका अधिकांश विज्ञ र बरिष्ठ चिकित्सकहरु देश भरिका नीजि तथा सरकारी अस्पतालमा उच्च पदमा रहि सेवा दिंदै आएतापनि मधेश प्रदेशको भने स्वास्थ्य अवस्था सुधार नहुनु ठुलो बिडम्बना रहेको बताउनुभयो । उनले अब सम्पूर्ण विज्ञ तथा सरोकारवला चिकित्सकहरुको भेला गरि प्रदेशको स्वास्थ्य अवस्थाबारे छलफल गरि ठोस कदम चाल्ने काम मन्त्रालयले गर्न लागेको जानकारी दिनुभयो ।

स्वास्थ्यमन्त्री सिंहले मधेश प्रदेशका जिल्लाहरुमा गुणस्तरहिन अस्पतालहरु किराना पसलझै खुलेकोले अब मन्त्रालयले विभिन्न सरोकारवला निकायहरुसंग समन्वय गरि सम्पूर्ण अस्पताहरुको अनुगमण गर्ने योजना बनाएको बताए । उनले अनुगमण गर्दा कुनै पनि अस्पतला मापदण्ड विपरीत वा मापदण्ड पूरा नभई सञ्चालन गरेको पाइए सोझै कारवाही गर्ने चेतावनी समेत दिए ।

उनले जनकपुरधाममा क्यान्सर रोगको उपचारको शुरुआत भएकाले यस ठाउँका विरामीलाई उपचारको लागि अब राजधानी र भारतलगायतका ठाउँमा जानु पर्ने बाध्यताको अन्त्य हुन लागेकोमा खुशी व्यक्त गरे ।

क्यान्सर रोगका विषेशज्ञ डा. अवधेश साहको अध्यक्षतामा भएको कार्यक्रममा रितेस सिंह, डा. महेश महासेठ, डा. वैद्यनाथ ठाकुर, डा. शरद यादव, अस्पतालका व्यवस्थापक अखिलेश कुमार साह सहि लगायतका चिकत्यकसहरुको उपस्थिती रहेको थियो । उपस्थित चिकित्सक एवम अतिथीजनले रक्तदानसमेत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News