अपडेट 
२०८० श्रावण ७, आईतवार ०७:३०

पाठेघरको शल्यक्रिया गराउन जाँदा मृत्यु भएकी सोनिया साहको परिवार सुरक्षा अस्पताल विरुद्ध अदालत जाने भएका छन् ।

शनिबार अस्पताल प्रशासन र उनको परिवारबीच छलफल भएको थियो । तर, मृतकको परिवारले अदालत नै जाने निर्णय लिएको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले जनाए । मृतकको शव परिवारले बुझिसकेका छन् । प्रहरीले मुचुल्का उठाएपछि मुद्दा दर्ता गरिनेछ ।

गत बुधबार कपिलेश्वरकी सोनिया पाठेघरको शल्यक्रिया गराउन अस्पताल भर्ना भएकी थिइन् । सोनियाको शुक्रबार अस्पतालमै मृत्यु भएको थियो । उनको मृत्यु भएपछि परिवारजनले अस्पताल अगाडि शव राखेर प्रदर्शन गरेका थिए । त्यसपछि प्रशासनले अस्पतालमा तालाबन्दी गरेको थियो । सोनियाको मृत्यु भएपछि अस्पताल प्रशासनसहित चिकित्सकहरु फरार भएका थिए ।

Comment


Related News

Latest News

Trending News