अपडेट 
२०८० श्रावण ७, आईतवार ०७:३६

धनुषामा भिनाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लक्ष्मीनिया गाउँपालिकाका भारत बनारसका २५ वर्षीय सुरज सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनले भारतको सोनपुर चन्दौलीका ३८ वर्षीय शिवमुरत सिंहको लक्ष्मीनियाँमा हत्या गरेका थिए । उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । उनीहरू लक्ष्मीनियाँ बजारमा काम गर्न बस्दै आएका थिए । शिवमुरत सुरजका भिनाजु रहेका प्रहरीले जनाएको छ । घरायसी विवादको क्रममा सुरजले दाउराको चिर्पटले प्रहार गर्दा शिवमुरत गम्भीर घाइते भएका थिए । उनको रामा अस्पताल जनकपुरमा भारतको सीतामढीतर्फ लैजानेक्रममा मृत्यु भएको थियो । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News