२०८० श्रावण ७, आईतवार १९:२८

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले कांग्रेस नेता बालकृष्ण खाणलाई राज्यले फसाएको आरोप लगाएका छन्। कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्दै यादवले यस्तो आरोप लगाएका हुन्।

उनले भने, ‘हाम्रो पार्टीको आदरणीय नेता बालकृष्ण खाँणमाथि राज्यले ठूलो अन्याय गरेको छ। न जाहेरी छ,न उहाँविरुद्व कसैले बोलेको छ। यतिकै राज्यले उहाँमाथि राजद्रोहीको मुद्दा पनि लगाउँदै छ। कसुर प्रमाणित नभएसम्म उहाँ कसुरदार होइन,हाम्रो परिवारको सदस्य हो’,यादवले भने।

उनले संविधानमा नै कसुर प्रमाणित नभएसम्म कसुरदार नहुने कुरा उल्लेख गरिएको भन्दै खाणलाई परिवारको सदस्यको रूपमा लिन यादवले आग्रह गरे। उनले खाणलाई न्यायलयले निर्दोष सावित गर्ने विश्वाससमेत व्यक्त गरे।

Comment

Related News

Latest News

Trending News