अपडेट 
२०८० श्रावण ८, सोमबार ०५:५७

श्रीमानले विदेशबाट पठाएको पौने तीन लाख रुपैयाँ जनकपुरधाम रेल्वे स्टेशनमा एकजना महिलाबाट लुटिएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका – ६ कठाल घर भएकी सुनिताकुमारी यादवबाट २ लाख ७० हजार रुपैयाँ लुटिएको छ । रेलमा चढ्ने वित्तिकै उनले बोकेकी ह्याण्ड ब्याग गायब भएको बताइएको छ ।

लुटिएकी महिला यादवले जनाए अनुसार एनआइसी एसिया बैंकबाट झिकिएको २ लाख ७० हजार नगद ब्यागमा रहेको थियो । उनले ब्यागमा करीब १० हजार मूल्य पर्ने सुनको गरगहना समेत रहेको जनाएकी छन् । ‘एनआइसी एसिया बैंकमा श्रीमानले विदेशबाट पठाएको रुपैयाँ घर व्यवहारका लागि झिकेकी थिए ’ उनले भने, नगद राखिएको ब्यागमा १० हजार जतिको सुनको गरगहनासमेत रहेको थियो । रेलवेमा चढने वितिकै ब्याग खोज्दा गायब भएको उनले बताइन् ।तत्काल नै घटनाबारे रेलवे स्टेशनमा रहेका प्रहरीलाई जानकारी गराइएको उनले बताइन् ।

उनका श्रीमान सञ्जु यादव खाडी मुलुकमा छन् । गाउँमा सुनिताले जग्गा खरिद गरेकी थिइन् । जग्गाधनीलाई दिन भनी बैंकबाट निकालिएको रुपैयाँ घर लग्ने क्रममा लुटिएको उनले बताइन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले रेल्वे स्टेशनमा महिलाको ब्याग चोरिएको बताए । उनले घटनाको अनुसन्धान भइरहेको बताउँदै अपराधीको खोजी कार्यलाई तीव्र बनाइएको बताए ।

Comment


Related News

Latest News

Trending News