अपडेट 
२०८० श्रावण ८, सोमबार ०८:०६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा धनुषामा राहत शिक्षकमा कार्यरत एक शिक्षिका विरुद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ ।

नवयुवक आधारभूत विद्यालय, थुम्हौना, धनुषामा कार्यरत राहत शिक्षक सीता कुमारी यादव विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् । यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको निवेदन परेकोमा अनुसन्धान गर्दा यादवले साबिक नवयुवक जनता प्राथमिक विद्यालयमा प्रा.वि. तहको अस्थायी राहत शिक्षक दरबन्दीमा नियुक्ति हुँदा बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट मध्यमा तह उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको हैसियतमा लाभ लिइ भ्रष्टाचार गरेको आयोगको ठहर छ । यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिइ विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News