अपडेट 
२०८० श्रावण ९, मंगलवार ०७:२९

दलित समूदायको उत्थानकालागि मधेश प्रदेशमा क्रियाशील राजनीतिक दलका भातृ संगठनहरु एक जुट भई लाग्ने प्रतिवद्धता जनाएका छन् ।

दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानको अगुवाइमा जनकपुरधामस्थित भातृ सङ्गठनहरूको सोमबारको संयुक्त बैठकले सो प्रतिवद्धता जनाएका छन् । संयुक्त बैठकले जसपाको दलित भातृ संगठन समाजवादी दलित मुक्ति सङ्गठनका रामो महराको संयोजकत्वमा दलित भातृ सङ्गठनका सबै प्रतिनिधि सम्मिलित मधेश प्रदेशस्तरीय संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति गठन गरेको छ । समितिको नेतृत्व ६/६ महिनामा परिवर्तन गर्ने गरि समिति निमार्ण गरिएको छ । संयुक्त रुपमा जारी अपिलमा भनिएको छ,समितिले दलितका जुनसुकै समस्या समाधानका लागि एकजुट भएर सङ्घर्ष गर्ने निर्णय गरेको छ ।

अपिलमा विशेषगरी प्रस्तावित सङ्घीय निजामती ऐन र संशोधनको प्रक्रियामा रहेको निर्वाचन ऐन तथा सम्पूर्ण क्षेत्र र तहमा संविधानले गरेको परिकल्पनाअनुरूप समावेशी र समानुपातिक आधारमा दलित प्रतिनिधित्वका लागि जुनसुकै कदम चाल्न पनि पछि नपर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यसरी सबै निकायमा हुने समावेशी र समानुपातिक दलित सहभागितामध्ये पनि मधेसी दलितको संविधानको धारा ४० को उपधारा ७ बमोजिमको जनसङ्ख् याका आधारमाप्रतिनिधित्वका लागि सम्पूर्ण शुभेच्छुक, समर्थकको समेत सहयोगमा हरदम लागिपर्ने निर्णय पनि भएको छ । अपिलमा भनिएको छ,‘समग्रमा दलित समुदायको हक÷अधिकार प्राप्ति तथा यो समुदायमाथि भइरहेको अन्याय/अत्याचारविरुद्ध एकजुट भएर लागिपर्ने प्रण पनि हामी सबैले गरेका छौँ ।’ समितिमामा जसपाका रामो महरा (संयोजक) र शोभित पासवान,सुनिता मोची सदस्य रहेका छन् ।

माओवादी केन्द्रका दलित भातृ संगठन नेपाल दलित मुक्ति मोर्चाका मधेश प्रदेश अध्यक्ष लवकुश बैठा,प्रदेश सचिव विनोद महरा सदस्य रहेका छन् । एमाले निकट दलित भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति मोर्चाका प्रदेश अध्यक्ष पञ्चदेव खङ्ग,सचिव अशोक मण्डल, नेकपा एस निकट नेपाल दलित मुक्ति सङ्गठनका प्रदेश अध्यक्ष रामआशीष दास र सहसचिव ममता विश्वकर्मा सदस्य रहेका छन् ।

त्यसैगरी काग्रेस निकट नेपाल दलित सङ्घका प्रदेश अध्यक्ष रामएकवाल पासवान,सचिव राजाराम पासवान,बहुजन एकता पार्टीका राजाराम पासवान, लोसपा निकट लोकतान्त्रिक समाजवादी दलित सङ्घका सुनिता मेस्तर सदस्य रहेका छन् । दलितमाथि मधेश प्रदेशमा भइरहेको जातीय उत्पीडनका घटनामा समितिले गम्भिर भएर काम गर्ने र दलित हकहितका लागि एकताबद्ध भएर लाग्ने संयोजक रामो महराले बताए ।

Comment


Related News

Latest News

Trending News