अपडेट 
२०८० श्रावण ९, मंगलवार ०७:३७

सप्तरीको कंचनरुप नगरपालिका– १२ की एक १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको घट्नाको ८ दिन नवित्दै पुनः सामूहिक बलात्कारको अर्काे घट्ना भएको छ । पछिल्लो घट्नामा शम्भुनाथ नगरपालिका ५ की तीन सन्तानकी आमा ३५ वर्षीया महिला यौन पिपासुहरुको शिकार बन्न पुगेकी छन् । ती महिलालाई शनिबार राति ९ः३० बजेतिर सोही वडाका ५ जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार पीडित र आफ्न्तले आइतबार प्रहरीमा उजुरीपछि मात्र सो कुरा बाहिर आएको छ । उनले महिलालाई बलात्कार गर्ने मध्येका सोही वडाका २५ वर्षीय शिव कुमार सदा, ४० वर्षीय उमेश सदा र ३२ वर्षीय श्रीनारायण सदा आइतबार नै पक्राउ परिसकेको जानकारी समेत दिएका छन् । उनीहरुलाई सोमबार सप्तरी जिल्ला अदालतबाट जवर्जस्ती करणी सम्बन्धी कसुर मुद्दामा म्याद थप गराइ अनुसन्धान थालिएको तथा फरार रहेका २५ वर्षीय फुल कुमार सदा र २३ वर्षीय शिव सदाको खोजी कार्य तीव्र पारिएको डिएसपी सिंहले बताए ।

वडाध्यक्ष जामुन प्रसाद चौधरीका अनुसार पीडित महिला सोही दिन सिरहाको छारापट्टी स्थित माइतबाट घर फर्किदै थिइन । बिरामी बोकेको एम्बुलेन्स चढी माइतबाट हिडेकी उनी राति ९ः३० बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत घर नजिकैको सडक खण्डमा ओर्लेकी थिइन । त्यहाबाट उनको घर ६ सय मिटरको दूरीमा पर्दछ । पैदलै घरतर्फ जाँदै गर्दा एकान्त स्थलमा देखेर अचानक ५ जनाको समूहले मुख थुनी नजिकै नर्सरीमा लगेर बलात्कार गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीको कथन छ । उक्त एम्बुलेन्स चालक पीडित महिला कै भाइ छन् । बिरामी बोकेर भाइ एम्बुलेन्स लिएर विराटनगरतर्फ जाँदै गरेको थाहा पाएपछि आफूलाई पनि घरसम्म लगिदिनु भनी भाइलाई भनेको पीडित महिलाले सुनाइन । ‘एम्बुलेन्समा बिरामी बोकेको भाइले घर सम्मै पु¥याइ दिन्थे, तर बिरामी भएकाले मैले पनि जिद्दी गरिन र घरबाट केही पर नै ओर्लेर पैदलै हिडे, उनले भनिन ।’ घर जादै गर्दा अचानक उनीहरुले घेरा हालेर समाए र बाटोबाट उठाएर नर्सरी भित्र लगेर बलात्कार गरेको उनले सुनाइन । यो कुरा कसैलाई भने ज्यान मार्ने धम्की समेत दिएको उनले बताइन ।

पीडित युवतीको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गराइएको छ । यस अघि गत असार ३१ गते राति ९ बजेतिर आमा र बहिनीसंगै वसिरहेकी कंचनरुप नगरपालिका १२ की १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको थियो । आमा र बहिनीलाई कोठा मै थुनेर सोही वडाका ४ जनाले ती किशोरीलाई नजिकैको एक खाली घर मा लगी पालैपालो बलात्कार गरेका थिए । ती घट्नमा संलग्न चारै जना प्रहरी नियन्त्रणमा छन् । बलात्कारको एकपछि अर्काे घट्नाले स्थानीय समाजमा त्रास फैलिएको छ । यस्ता जघन्य अपराध गर्नेलाई कडा कारबाही हुनुपर्ने स्थानीयले माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News