अपडेट 
२०८० श्रावण ९, मंगलवार १३:२५

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले कांग्रेसजस्तो अर्को पार्टी नभएको दाबी गरे ।

देशमा कम्युनिष्ट, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी धेरै भए पनि लोकतन्त्र, गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी कांग्रेस मात्रै रहेको उनको जिकिर थियो । पार्टीमा सभापति भर्सेस महामन्त्री भन्ने कुरा नरहेको पनि उनले बताए ।

कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पार्टीका गतिविधि पनि लोकतन्त्रमै विश्वास गरेर अघि बढाइएको उनले बताए । कांग्रेस संविधानको सफल कार्यान्वयन र जनता र देशको हितमा काम गर्नु नै कांग्रेसको अबको लक्ष्य रहेको उनले बताए ।

“केन्द्रीय समितिमा सबैले छलफल गर्नुभएको छ । एकतावद्ध भएर जनताको लोकतन्त्रको पक्षमा काम गर्नेछ, जनताको काम गर्ने एउटा आवाज लिएर निस्किन्छ,” उनले भने, “नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टी कुनै छैनन् । देशमा अरु त कम्युनिष्ट छन्, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी छन् । लोकतन्त्र, गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी कांग्रेस मात्रै छ ।”

नेता निधिले एकतावद्ध भएर जनताको लोकतन्त्रको पक्षमा काम गर्ने कुरामा कांग्रेस केन्द्रीय समिति बैठकमा छलफल भएको बताए ।

Comment


Related News

Latest News

Trending News