अपडेट 
२०८० श्रावण ९, मंगलवार १९:१२

निर्वाचन आयोगले गएकाे मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावकाे खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ ।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले मंगलवार विज्ञप्ति निकालेर प्रतिनिधिसभातर्फ २३ सय ७४ र प्रदेशसभातर्फ ३१ सय ८८ गरी ५५ सय ६२ जनालाई ऐनबमोजिम चुनाव खर्च विवरण सार्वजनिक गर्न लिखित जानकारी गराइएको थियो ।

यसमा विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभातर्फका एक हजार ३७ र प्रदेशसभातर्फका १३ सय ९८ गरेर २४ सय ३५ जनालाई १५ हजार रुपैयाँका दरले जरिबाना गर्ने निर्णय गरिएको प्रवक्ता पाैडेलले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News