अपडेट 
२०८० श्रावण ९, मंगलवार १६:१४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख फेरिएका छन् ।

यसअघि प्रमुख रहेका अरुण पोखरेलको ठाउँमा डा. टोकराज पाण्डेलाई पठाइएको हो । राष्ट्रिय किताब खाना (निजामती) महानिर्देशकबाट भर्खरै अर्थमा सरुवा भएका पाण्डेलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार प्रमुखको जिम्मेवारी दिएका हुन् ।

गत साता भन्सार जाँच पास भएर बाहिरिएको एक क्वीन्टल सुन बरामदपछि भन्सारका कर्मचारी विवादित बनेका थिए । ठूलो परिमाणको सुन तस्करीलाई लिएर अर्थमन्त्री र गृहमन्त्रीसमेतको आलोचना भइरहेको छ ।

यही आलोचनाबीच पाण्डेलाई भन्सार प्रमुखको जिम्मेवारी दिएका छन् । पोखरेल भने हाल २ महिने बिदामा रहेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News