अपडेट 
२०८० श्रावण १०, बुधबार ०७:१८

नेकपा एमालेका सचिव योगेश भट्टराइले मधेश प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् ।

मंगलबार पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका भट्टराइले भने ‘सांस्कृतिक हिसाबले मधेश एकदमै अग्रसर छ,मधेशलाई जसरी पर्यटनको हिसाबले विकास गर्नुपर्ने थियो । त्यसरी गर्न सकिएन ।’ उनले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बर्दिबास महोत्तरीको निरीक्षणका क्रममा सो कुरा बताउँदै कलेजको महत्वलाई यहाँका जनप्रतिनिधिले पनि गम्भीरताका साथ लिनुपर्नेमा जोड दिए । कलेजबाट उत्पादन जनशक्तिको भविष्य उज्ज्वल रहेको बताउँदै होटेल म्यानेजमेन्टका लागि नाथम कलेज एसियामै उत्कृष्ट रहेको समेत नेता भट्टराईले दाबी गरे । कलेज निरीक्षणका लागि पुगेका भट्टराईसहितका नेताहरूलाई नाथम बर्दिबासका प्रमुख शिवेन्द्र मल्लिकले कलेजलाई थप व्यवस्थित बनाउनका लागि पहल गरिदिन आग्रह गरे ।

निरीक्षणको क्रममा नेता भट्टराईसँगै नेकपा एमालेका मधेश प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादव, प्रदेशसभा सदस्य शारदादेवी थापा, एमालेका मधेश प्रदेशका प्रचार विभाग प्रमुख सोमप्रसाद शर्मा, प्रदेश सचिवालय सदस्य शङ्कर महतोलगायत स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए ।

Comment


Related News

Latest News

Trending News