अपडेट 
२०८० श्रावण १०, बुधबार १४:२०

भारतमा विपक्षी गठबन्धनले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको छ । हालै दक्षिणी राज्य कर्णाटकको बैंगलुरुमा घोषणा गरिएको ‘इण्डिया’ गठबन्धनले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको हो ।

मणिपुरमा महिलालाई सडकमा नग्न बनाएर सामूहिक बलात्कार गरेको भिडियो भाइरल भएसँगै सरकारको जवाफ माग्दै अविश्वासको प्रस्ताव ल्याएको हो ।

लोकसभाका सभामुख ओम बिरलाले अविश्वासको प्रस्ताव स्वीकार गरेको टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले जनाएको छ ।

कांग्रेस नेतृत्वको विपक्षी ‘इण्डिया’ गठबन्धनले मणिपुरमा जारी हिंसाबारे प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा जवाफ दिनुपर्ने माग गर्दै आएका छन् । मणिपुर घटनालाई लिएर सत्तापक्ष र विपक्षबीच किचलो बढ्दै जाँदा बारम्बार संसदमा हंगामा हुँदै आएको छ ।

भारतीय सञ्चारमाध्यमले संसदमा सत्तारुढ भारतीय जनता पार्टीको स्पष्ट बहुमत रहेकाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित हुने सम्भावना भने नरहेको जनाएका छन् ।

Comment


Related News